arrow

सनातनी धार्मिक नेता (?) कमल थापालाई प्रश्न : आचार संहिता उल्लंघन गर्नु चाहिँ पाप होइन ?

logo
प्रकाशित २०७४ चैत २२ बिहिबार
kamal_thapa.JPG

काठमाडौं । राजतन्त्र सहितको लोकतन्त्र र सनातन हिन्दू राष्ट्रको सिद्धान्त सहित धार्मिक राजनीति गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा चुनाव (पहिलो चरण) मा गरेको सफ्ट अधर्म (आचार संहिता उल्लंघन) मा निर्वाच्चन आयोगले सोधेको स्पष्टिकरण अझै नबुझाएको खुलेको छ।

निर्वाचन आयोगले थापालाई पहिलो चरणको चुनाव मंसिर १० गते भएको चुनावको पूर्व सन्ध्यामा मौन अवधिमा विद्युतीय माध्यमबाट पार्टीको पक्षमा मत मागेको भन्दै स्पिष्टीकरण सोधेको थियो । तर आचार संहिता उल्लंघन गरेको बेला उपप्रधानन्त्री एवं उर्जा मन्त्री समेत रहेका थापाले, आजको मितिसम्म आयोगलाई जवाफ नदिएको पाइएको छ । 
हेनूर्स्ः आयोगले तयार पारेको निर्वाचन आचार संहिता उल्लंघनका उजुरी, गुनासो र सूचनाका आधारमा आयोगबाट भएको कार्वाहीको विवरण सूचीः 
 
आयोगले तयार पारेको यो विवरणको १९ औं नम्बरमा पूर्व उपप्रधान्त्री थापाले आयोगलाई बुझाएको (निजबाट प्राप्त जवाफ)  शीर्षक खाली छ । उनले जवाफ दिएका छैनन् । धर्मको संहिता उल्लंघन गर्नु अधर्म हो, पाप हो । निर्वाचनको आचार संहिता निर्वाचनको धर्म हो, मर्म हो । यसको उल्लंघन निर्वाचन मर्ममा प्रहार गर्नु हो, जुन धार्मिक भाषामा पाप हो । 

राप्रपा फुट्नुअघि ध्रुब बहादुर प्रधान पनि यही पार्टीमा थिए । पार्टी फुट्दा उनी पशुपति शमरेश राणा नेतृत्वको राप्रपा प्र्रजातान्त्रिकमा गए । उनले पनि मौन अबधिमै आचार संहिता तोडेको भन्दै आयोगले स्पष्टिकरण सोधेका थियो । तर उनले क्षमा याचना सहित आयोगलाई जवाफ बुझाइ सकेका छन् । तर सनातनी धार्मिक नेता थापाले आयोगलाई अझै टरेनन् । आफ्नो सनातनी रुप देखाए । 

के हो कानुनी व्यवस्था ?  
निर्वाचन आयोगले भनेको छ, मौन अवधिमा ट्वीटर मार्फत आफ्नो पार्टीको पक्षमा मत मागेर थापाले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ खण्ड (घ) को उपखण्ड (१) उल्लंघन गरेका छन् । के छ यो दफामा ? हेर्नुस् : 
 
निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ को परिच्छेद ५ को दफा २४ उपदफा ५ र ७ ले मौन अबधीको उल्लंघन गर्नेलाई आयोगले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ । हेर्नुस्ः  
थापाले स्पष्टिकरण नदिए पनि ढुक्कसँग बसेको निर्वाचन आयोगले अब के गर्छ, हेर्न बाँकी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ