arrow

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लामाको राजीनामा

logo
प्रकाशित २०७४ चैत २२ बिहिबार
buddhanath-area-development.jpg

काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिमा आन्तरिक द्वन्द्व बढेपछि कार्यकारी निर्देशक कुयाङ छुयाङ दोर्जे लामाले राजीनामा दिएका छन् । 

यहाँ बिहिबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक लामाले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने विषयमा विवाद, पर्यटकबाट उठाइने शुल्कलाई पारदर्शी बनाउन उनीहरुको तस्वीरसहितको परिचयपत्र निर्माण गर्नेलगायत विषयमा विवाद चल्दै आएकाले राजीनामा दिएको जानकारी गर्राए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट गत भदौ १२ गते नियुक्त भएका कार्यकारी निर्देशक लामाले उक्त क्षेत्रको विकासका लागि विभिन्न शीर्षकमा विनियोजित बजेट उपयोग गर्ने विषयमा आन्तरिक पदाधिकारी तथा सदस्यको विवाद तथा अनावश्यक दबाबका कारणले आफ्नो पदबाट यही चैत १० गतेदेखि लागू हुने गरी मन्त्रीको सचिवालयमा राजीनामा दिएको जनाइएको छ । 

विश्व सम्पदामा सूचीकृत बौद्धनाथ क्षेत्रको पूर्वाधार विकास तथा संरक्षणका लागि मन्त्रालयले अध्यक्ष, कार्यकारी निर्देशक र पाँच सदस्यीय समिति गठन गर्ने गरेको छ । 

सरकारले त्यहाँ भइरहेको अनियमिततालाई अविलम्ब छानविन गर्न माग गर्दै लामाले आफूले त्यस क्षेत्रको विकासका लागि पदबाट बाहिर रहेर पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ