arrow

रहेनन् राजनीतिज्ञ एवम् साहित्यकार कमलराज रेग्मी

logo
प्रकाशित २०७४ चैत २२ बिहिबार
regmi.jpg

काठमाडौं । राजनीतिज्ञ एवम् साहित्यकार कमलराज रेग्मीको निधन भएको छ । बिहिवार  बिहान साढे ६ बजे  निधन भएका रेग्मीको शुक्रवार देवघाटमा दाहसंस्कार गरिने भएको छ ।

बिहिवार बिहान श्रद्धाञ्जलीका लागि ललितपुरको सानेपास्थित निवासमा राखिएको रेग्मीको पार्थिब शरिरलाई बिहिवार शिक्षण अस्पताल महाराजगंजमा राखिनछ ।त्यहाबाट भोली मात्रै दाहसंस्कारका लागि देवघाटमा लाने पारिवारिक स्रोतले जनाएको  छ ।

पिता केशबराज रेग्मी र माता पुण्यकला रेग्मीबाट  १९८४ भदौ ६ गते जन्मेका  रेग्मीको बिहिवार  बिहान  रेग्मीको ललितपुरस्थित निवासमा  निधन भएको हो । पाल्पाको मेहल्धारामा जन्मिएका रेग्मी २००४ सालमा जयतु संस्कृतम् आन्दोलनमा सहभागी भएका थिए  ।

२००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएका रेग्मीको नेतृत्वमा त्यसबेला पश्चिम नेपालमा किसान आन्दोलन भएको थियो । २०१४ सालमा नेकपाको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वा्चित रेग्मी २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा पाल्पाबाट निर्वा्चित भएका थिए  ।

२०४६ सालमा साझा सहकारी बोर्डको अध्यक्ष भएका रेग्मीका थुप्रै साहित्यिक कृति पनि प्रकाशित छन् । आमा, म र पाल्पा २०६६, बचेरालाई आहार २०६८, मदनमणि दीक्षितको लेखनधर्मिता २०६८ लगायतका कृति प्रकाशित भएका थिए । रेग्मीका आमाको चरणमा मेरो निधार, युवततँ, म हार्दिन लगायतका कविताहरु प्रकाशीत भएका छन् ।

रेग्मीका छोरा तथा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा प्रकाश राज रेग्मीले कमलराज रेग्मी बर्ष पुरस्कारको घोषणा गरेको एक साता पनि नबित्दै रेग्मीको निधन भएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ