arrow

अमेरिकाले मेक्सिकोको सिमा क्षेत्रमा सेना पठाउने

logo
प्रकाशित २०७४ चैत २२ बिहिबार
Donald_Trump_Oath.jpeg

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा अमेरिकी सैनिक पठाउने घोषणामा बुधबार हस्ताक्षर गरेका छन् ।  

चर्को आलोचनाकाबीच सिमाक्षेत्रमा राष्ट्रिय सुरक्षा घेरा राख्ने आदेशमा राष्ट्रपतिले हस्ताक्षर गरेको अमेरिकाका रक्षा तथा गृह प्रशासनसम्बन्धी मन्त्रीहरुले जानकारी दिए ।

“देशको भूमी रक्षाका लागि राष्ट्रपति ट्रम्पले रक्षा र गृह प्रशासनसम्बन्धी मन्त्रालयलाई निर्देशन दिनुभएको छ,” उनिहरुले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भने।

दुवै मन्त्रालय मिलेर दक्षिणपश्चिमी सिमानामा सँगसगै सुरक्षा घेरा तैनाथ गर्न राष्ट्रपतिले आदेश दिएको सो अवसरमा जानकारी दिइएको छ ।

सिमा क्षेत्रको सुरक्षा अहिले संकटपूर्ण अवस्थामा पुगेको ट्रम्पको भनाई छ । अमेरिकी जनताको सुरक्षा र सार्वभौमिकताको रक्षाका लागि पनि सिमाक्षेत्रमा सुरक्षा घेरा अत्यावश्यक भएको ट्रम्पले बताए ।

“मेरो प्रशासनलाई यस बारेमा छनौट गर्ने अर्को कुनै पनि विकल्प छैन,” उनले भने । ह्वाईट हासउद्धारा जारी वक्तव्यमा लागुपदार्थ र अपराधीहरुको अमेरिका तर्फको प्रवाहलाई रोक्न सुरक्षाकर्मी खटाउन लागिएको उल्लेख छ ।

कार्ययोजना र निष्कर्ष सहितको प्रतिवेदन ३० दिन भित्र पेशगर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको छ ।  राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै भने, “मेरो प्रशासनले आज नै आप्रवासनका बारेमा कडा कदम चाल्नेछ ।”

सिमाना र करसम्वन्धी कार्यालयलाई अहिले पठाइएका सुरक्षाकर्मीहरुले सहयोग गर्ने तर हस्तक्षेप भने नगर्ने यहाँको गृह प्रशासनले बताएको छ ।

अमेरिकाको संघीय कानुनमा अवैधानिक कामलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीहरुले जुनसुकै ठाउँमा पनि कानुनको पालना गराउन सक्ने उल्लेख छ ।

अहिले पठाइने सुरक्षाफौजले प्रशिक्षण, निर्माण र गुप्तचरको कामका लागि विभिन्न तरिकाबाट भूमिका खेल्नसक्ने बताइएको छ ।  अमेरिकी गृहमन्त्री निल्सेनले के कति मात्रामा सुरक्षाकर्मीहरु सिमाक्षेत्रमा पठाउन लागिएको हो, कति समय उनीहरु त्यहाँ बस्छन र के कति खर्च लाग्छ भन्ने बारेमा भने केही जानकारी दिएका छैनन् ।

आप्रवासन नीति र सिमा सुरक्षाका बारेमा केही दिनदेखि सार्वजनिक दवाव र आलोचनाहरु भएपछि राष्ट्रपति ट्रम्पले सिमाक्षेत्रमा सुरक्षाकर्मी पठाउने घोषणामा हस्ताक्षर गरेका हुन् ।

उनले अहिले पनि अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउनुपर्ने कुरालाई महत्वका साथ बेला बेलामा उठाउने गरेपनि पर्खाल लगाउन भने सकेका छैनन् ।

राष्ट्रपति ट्रम्पले आफु राष्ट्रपति निर्वाचित हुने निर्वाचनको बेला मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउने एजेण्डालाई प्रमुख चुनावी एजेण्डाको रुपमा प्रचार गरेका थिए।

“पर्याप्त सुरक्षा व्यवस्था र पर्खाल नबनाउदासम्म उनीहरुलाई त्यहीँ खटाइने छ,” राष्ट्रपति ट्रम्पले भने, “यो निकै ठूलो कदम हो ।” सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ