arrow

नेपाली सेनाले भन्यो हाम्रो मेसमा बंगुरको मासु पाक्दैन

logo
प्रकाशित २०७४ चैत २२ बिहिबार
nepal-army-new.jpg.jpeg

काठमाडौं। नेपाली सेनाले आफ्नो मेसमा बंगुर नै नपकाइने भएकोले सेनाको भान्सामा पकाएको बंगुरको मासु नखाँदा जागिर गयो भन्ने कुरा तथ्यहिन भएको जनाएको छ।  

नेपाली सेनाले बिहिवार निकालेको विज्ञप्तीमा बंगुरको प्रसङग उल्लेख नगरि सेनाको मेसमा खसी र कुखुराको मासु मात्रै पाक्ने प्रष्ट गरेको छ। माछा मासु नखानेहरुका हकमा शाकाहारी भोजनको व्यवस्था भएको पनि सेनाले जनाएको छ।

नेपाली सेनाको स्विकृत स्केलमा प्राप्त कुखुरा तथा खसीको मासु तथा अण्डा नखाने साकाहारी सेनालाई उक्त स्केल बराबरको रकमबाट फलफुल, दुध/दही जस्ता खाद्य वस्तुको व्यवस्था हुने गरेकोबाट कसैलाई पनि जबरजस्ती अण्डा वा मासु खान अनिवार्य नगरिने सेनाले स्पष्ट पारेको छ। सेनाको भान्छामा पाकेको बंगुरको मासु नखाँदा जागिर गयो भन्ने आशयको कुनै पनि समाचार आधारहीन र कपोलकल्पित भएको पनि सेनाले जनाएको छ।  

२०६० साल माघ ५ गते सैन्य दर्जामा भर्ना भई बांके जिल्लाको राँझास्थित श्री नं ४ बाहिनी अड्डामा कार्यरत प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाई उपदानमा राजिनामा जान पाउँ भनि राजी–खुसी सिलसिलेवार पेश गरेको राजिनामाको कागजाद अनुसार नै नियमानुसार उपदानमा राजीनामा स्वीकृत भएको हुँदा ‘दवाव र योजनाबाट जागिर गएको’ भनि प्रेशित तथ्यहीन समाचारबाट भ्रममा नपर्न नेपाली सेनाले अनुरोध गरेको छ। 

सवै जात, जाति, भाषा, भाषीहरु तथा धर्मका व्यक्तिहरु सदिऔं देखि एक–आपसमा मिलेर बसेको हाम्रो समाजमा आधारहीन र अतिरञ्जित समाचारबाट सामाजिक एकता र सद्भावमा खलल पुग्न सक्ने वास्तविकतातर्फ सम्बन्धित सबैलाई सम्वेदनशील भई समाचार सम्प्रेषण गर्न नेपाली सेनाले आग्रह गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ