arrow

काठमाडौंको सार्वजनिक विद्यालयमा शिक्षकले शिक्षक कुटे, विद्यार्थीले छुट्टयाए

विद्यालयहरु राजनीतिको क्रिडास्थल

logo
सुदीप बर्देवा,
प्रकाशित २०७४ चैत २२ बिहिबार
Bijayasmarak_School.jpg

काठमाडौं। विद्या र ज्ञान दिने शिक्षकहरु बीच नै कुटाकुट हुन्छ र विद्यार्थीहरुले छुट्याउनु पर्छ भने त्यो ठाउँलाई के भन्ने ? विद्याको मन्दिर या शिक्षा आर्जन गर्ने पवित्र ठाउँ ! यो प्रश्नको जवाफ कोसंग माग्ने?

विद्यार्थीहरुलाई ज्ञान र शिप सिकाउने शिक्षक आफै विद्यार्थीहरुकै अगाडी कुटाकुट गर्छन र विद्यार्थीहरुले छुट्याउनु पर्‍यो भन्दा तपाइँ लाई अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्दैन, आज हामी यही विषयको सल्यक्रिया गर्दै छौँ ।

घटना २०७४ साल चैत्र १८ गते आइतबार दिउसो १२:४५ बजे काठमाडौं स्थित डिल्लीबजारमा रहेको विजय स्मारक माध्यामिक विद्यालयको शिक्षक कोठामा घटेको  हो ।

विद्यार्थीहरु वर्ष भारी पढेको कुरालाई वार्षिक परीक्षाको कापीमा उतारेर आफ्नो सुनौलो भविष्य निर्माण गर्ने उदेश्य बोकेर परिक्षा लेख्न परिक्षा हलमा प्रवेश गरिसकेका थिए।

यता विद्यालयको स्टाफ कोठामा शिक्षकहरुको बैठक बसी रहेको थियो सन्दर्भ विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद कोइरालाले अघिल्लो दिन २०७४ साल चैत्र १७ गते प्रधानाध्यापकको पद बाट राजिनामा दिएको विषयमा  शिक्षक प्रतिनिधि गणेश प्रसाद भट्टराईले बैठक मार्फत शिक्षक शिक्षिकाहरु लाई जानकारी गराई रहेका थिए। 

उनले यो जानकारी गराई रहँदा त्यहाँ उपस्थित झन्डै ३०र३५ जना शिक्षक शिक्षिकाहरु एकअर्काको मुखमा हेराहेर गरिरहेका थिए। केहि समय पहिला देखि नै तत्कालिन प्राधानाध्यापक दुर्गा प्रसाद कोइरालाले भ्रस्टाचार गरेको आरोप तत्कालिन लेखापाल रुद्र कुमार श्रेष्ठले केहि समय अगाडिको शिक्षक अन्तरक्रिया कार्यक्रममा  लगाएका थिए। यो आरोप को बारेमा त्यहाँका सबै शिक्षक शिक्षिकाहरुलाइ राम्रो संग थाहा थियो तर एकाएक शिक्षक प्रतिनिधिले बैठक राखेर प्रधानाध्यापकको राजिनामाको बिषयमा शिक्षक शिक्षिकालाई जानकारी गराई रहँदा दुर्गा प्रसाद कोइरालालाई लागेको भ्रस्टाचारको आरोपको बिषयमा के भयो भन्ने जिज्ञासा हुनु स्वाभाविक पनि थियो।

यो जिज्ञासाको समाधान खोज्न एक शिक्षकले सोधे- 'प्रधानाध्यापकलाई भ्रस्टाचारको आरोप लागेको थियो यो बिषयमा के निर्णय भयो ?' ती शिक्षकले यो प्रश्न बैठकमा राख्ने वितिकै त्यहाँको माहोल तात्यो र बिवाद कै बीच बैठक आयोजकले भने- 'उहाँलाई लागेको आरोपको बिषयमा विद्यालय ब्यवस्थापन समितिको बैठकले टुंग्याई सक्यो, उहाले सफाइ पाई सक्नु भयो।'

अब अर्को प्रशन उठ्यो । दुर्गा प्रसाद कोईरालालाई लागेको आरोपलाई विद्यालय ब्यवस्थापन समितीले टुङ्ग्याउन मिल्छ? यसै बिच शिक्षक तथा नेपाल सामुदायीक उच्च माध्यामिक शिक्षक युनियनका केन्द्रीय महासचिव समेत रहेका प्रल्हाद गौतम ले थपे- 'यदी दुर्गा प्रसाद कोइरालाले भ्रस्टाचार गरेको भए कारवाहीको दायरामा ल्याउनु पर्छ, यदी भ्रस्टाचार गरेको पुस्टि हुदैन भने लेखापाल रुद्र कुमार श्रेष्ठलाई कारवाही हुनु पर्छ।' यति भन्ने बितिकै गौतमको छेउ मै बसेका अर्का शिक्षक ग्याम्सो लामाले गौतम माथि हात हाले र झन्डै ५ फिट पर पुग्ने गरी धकेले र ज्यान लिने समेतको धम्की दिए। 

विद्यालय व्यावस्थापन समितिको निर्णयसंग असन्तुष्टी राख्ने शिक्षक शिक्षिका प्रति जाइ लागे घटनाका प्रत्यक्षदर्शी अर्का शिक्षक तथा शिक्षक महासंघका केन्द्रीय सचिव झमक प्रसाद चौलागाईंले अगाडी थपे- 'ग्याम्सो लामा उत्तेजित हुँदै शिक्षा मन्त्रि ल्याउँछौ की शिक्षक संगठनका अधयक्ष ल्याउँछौ ल्याओ सबलाई तह लगाईदिन्छु।'

शिक्षक कोठामा शिक्षकहरुबीच हात हालाहाल र विवाद भैरहँदा परिक्षा कोठामा विद्यार्थीहरु परिक्षा दिन तयार भएर बसेका थिए। उनीहरुले शिक्षकहरुको झगडा र हात हालाहाल देखे पछि होहल्ला गर्दै छुट्टाउन आए र शिक्षकहरुको झगडा छुट्टाए र परिक्षा शुरु भएको थियो। परिक्षा सकिए लगत्तै दुई शिक्षक प्रह्लाद गौतम र ग्याम्सो लामाले पुन समिक्षा बैठक बस्दै माफी मागे र झगडा शान्त भएको थियो। 

घटनाका बारेमा शिक्षक प्रह्लाद गौतम के भन्छन ?
यो घटना घट्नु को पछाडी धेरै कारण छन् २०७३ फाल्गुनमा विद्यालय व्यवस्थापन समिति गठन भए देखि नै अध्यक्षको आडमा उनले यस्ता क्रियाकलाप गर्दै आएको आरोप पिडित प्रल्हाद गौतमले लगाएका छन्। 'पीडक ग्याम्सो लामाले यो घटना भन्दा अगाडी पनि अन्य शिक्षक शिक्षिकाहरुलाई दुर्ब्यवहार गरेका छन्। यो चौथो पटकको घटना हो र चौथो पटकसम्म आइपुग्दा उनी भौतिक आक्रमणसम्म आई पुगेका छन्' गौतमले भने।

यदी यो प्रवृति लाई नियन्त्रण नगर्ने हो भने भोलिका दिनमा यी भन्दा ठुला घटना न घट्लान् भन्न सकिदैन घटना घटेको आज ४ दिन बितिसक्दा पनि विद्यालय व्यवस्थापन समितिले कुनै चासो नादेखाएको र यस्ता घटनामा संलग्न लाई संरक्षण गरेको आरोप लगाएका छन। 'यो घटना को विषयमा छानविन गर्न विद्यालय व्यवस्थापन समितिले बैठक बोलाएर तत्काल उनलाई लिखित स्पष्टीकरण लिनु पर्छु' गौतमले भने।  

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र कुमार कार्की के भन्छन्?

विद्यालय भित्र यस्तो घटना कसरि घट्यो?
यो घटना घट्दा म विद्यालयमा थिइन। मैले पछी थाहा पाएको हुँ। अघिल्लो दिन चैत्र १७ गते प्रधानाध्यापक दुर्गा प्रसाद कोइराले पद बाट राजिनामा दिएको र यसैको असन्तुष्टि को परिणाम यो घट्ना घट्यो। यो घटना न घट्नु पर्थ्यो यो दुर्भाग्यपूर्ण छ।
 
प्रधानाध्यापकको कार्यकाल सकिन झन्डै ३ महिना बाकि हुँदै दुर्गा प्रसाद कोइरालाले राजिनामा दिनु भयो, उहाले स्वइच्छा ले राजिनामा दिनु भयको हो कि, ब्यावस्थापन समितिको दबाब खप्न नसकेर राजिनामा दिनु भयको हो?

व्यवस्थापन समितिको दवाब केहि पनि थिएन, उहाँ आफैले स्वेक्षाले राजिनामा गर्नु भएको हो। उहाँले त्यहींका शिक्षक शिक्षिका बाट सहयोग पाउनु भएन, संस्थामा नयाँ नेतृत्व आयो भने फाइदा हुन्छ भनेरै मसंगको सल्लाहमा राजिनामा दिनु भएको हो।

त्यहाँका कतिपय शिक्षक शिक्षिकाहरु विद्यालय व्यवस्थापन समितिको दबाब र घेराबन्दीका कारण उहाँलाई राजिनामा दिन बाध्य पारियो भन्छन नि? त्यो सरासर गलत हो, त्यस्तो कुनै दबाब र घेराबन्दी भएको होइन।

प्रधानाध्यापक दुर्गा प्रसाद कोइरालालाई लेखापाल रुद्र कुमार श्रेष्ठले भ्रस्टाचार को आरोप लगाएको कुरा सत्य हो? यो विषय उठेको हो हामीले २०७१र७२ को अडिटमा ९१०० अप्रमाणित खर्च रकम देखिन आयो, तत्कालिन प्रधानाध्यापक दुर्गा कोइराला भएकोले यसको जिम्मा उहाँले नै लिनु पर्छ भनेर व्यवस्थापन समितीको बैठकले उहाले भुक्तानी गर्नु पर्छ भन्ने निर्णय भएको छ ।
प्रधानाध्यापकको पद बाट राजिनामा दिएका दुर्गा प्रसाद कोइराला के भन्छन्?
दुर्गा सर आफ्नो कार्यकाल सकिन झन्डै ३ महिना बाकि हुदै प्रधानाध्यापक को पद बाट राजिनामा दिनु भएछ भन्ने प्रश्नमा उनले भने -'सुदिपजी यो विषयमा मलाई भन्दा तपाइँ लाई बढी थाहा छ, यो विषयमा केहि बोल्दिन।'

यो घटना घटेको थाहा पाए लगतै सम्बन्धित सरोकार वाला पक्ष संग घटनाको बारेमा जानकारी लिन धेरै मिहेनेत गर्नु पर्‍यो। यो घटना को बारेमा बुझिसके पछी सार्वजनिक विद्यालयमा के कस्ता घटना हरु घट्छन र त्यस्ता घटनाको असर ती अबोध बालबालिकाहरुमा कसरि पर्छरु उनीहरुको भविष्य कता तिर जादै छरु  शिक्षकहरुको यस्तो क्रियाकलाप देखेर विद्यार्थीहरुले के शिक्षा सिक्छनरु भन्ने कुरा छर्लंग भएको छ।

विद्यालय व्यवस्थापन समितीमा राजनीति हावी हुँदै गएको कारणले पनि सार्वजनिक विदयालयको स्तर दिनप्रतिदिन खस्किंदै गएको छ। यो विषयमा राज्य पुरै उदासिन देखिएको छ। 

शिक्षा मन्त्रालय र सार्वजनिक शिक्षा हेर्ने नियमक संस्थाले अब पनि सार्वजनिक विद्यालयहरुको स्तर सुधार्न ध्यान दिएनन् भने यस्ता विद्यालयहरु राजनीतिको क्रिणास्थल बाहेक अरु केही हुने छैन।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ