arrow

बल्ल क्यान्सर रोगी खोज्दै सरकार !

सन्दर्भ विश्व स्वास्थ्य दिवस

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ चैत २३ शुक्रबार
NHRC.JPG

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले क्यान्सर र क्यान्सर रोगीको अवस्था थाहा पाउन ‘गणना’ गरिरहेको छ । 

शनिबार विश्व स्वास्थ्य दिवस परेको छ । तर, देशभर क्यान्सर रोगीको अवस्था के छ भन्ने पनि अहिलेसम्म कुनै निकायसँग यकिन विवरण छैन । अहिले सम्म क्यान्सरको उपचार हुने अस्पतालमा उपचार गर्न आउनेको रेकर्डका आधारमा मात्रै क्यान्सर रोगीको विवरण दिने गरिएको छ । 

विभिन्न निकायमा सफ्टवेयरको विस्तार हुने क्रम तीब्र छ । यसै सिलशीलामा स्वास्थ्य अनुसन्धान परिषदले क्यान्सर र क्यान्सर रोगीको अवस्था थाहा पाउन गणना सुरु गरेको हो । गणकहरुले संकलन गरेको त्यो विवरण पछि वेबसाइटमा राख्ने तयारी समेत छ । 

परिषदले तत्काललाई पाँच ठाउँमा गणना जारी राखेको छ । कामामाडौं, ललितपुर, भक्तपुर, कास्की र बाँकेमा गणना भइरहेको छ । परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले अहिले तत्कालका लागि पाँच ठाउँबाट गणना भइरहेको बताए । उनले भने, ‘गएको जनवरी १ बाट सुरु भएको हो । अहिले काम जारी छ ।’

यो तीन महिनाको अवधिमा ४ सयको गणना सकिएको छ । विवरण कहाँबाट कसले लिने हो ? जवाफमा उनले भने, ‘अस्पताल, विपन्नले क्यान्सर उपचारका लागि पाउने एक लाख सहायता लिने ठाउँ, मृत्यु दर्ता गर्ने पञ्जिकाधिकारी र स्थानीय तहको ग्रामीण स्वास्थ्य हेर्ने स्वयंसेवकसँग विवरण लिने गरिएको छ ।’ विवरण लिन गणक खटाइएको उनले बताए ।
यो गणनाको उद्देश्य कुन उमेरकोलाई बढी हुन्छ ?, कुन उमेर समूहका रोगी बढी छन् ? को उपचारको पहुँचमा पुगे पुगेनन् भन्ने विस्तृत विवरण राख्न हो । सजिलै क्यान्सर र क्यान्सर रोगीको समग्र अवस्था थाहा पाउन यो गणना गरिएको, रिसर्च अफिसर रञ्जिता सुवेदीले बताईन् । 

उनले नेपालमा सबै प्रकारका क्यान्सर भेटिएको र अहिलेसम्म फोक्सो, आँखा र पेटको क्यान्सरका रोगी बढी देखिएको जानकारी दिइन् ।  सबैको नेपालमा उपचार हुन्छ ? जवाफमा उनले भनिन्, ‘हामीले पाएको मध्ये एक दुई प्रतिशत भारत गएको पाइन्छ । भारतमा निको नभएको क्यान्सर नेपालमा निको भएको उदाहरण पनि धेरै छन् ।’

उपचार महंगो छ । उनले भनिन्, ‘महिनाको ५ हजार र उपचारका लागि एक लाख दिने सरकारको निर्णयले सजिलो भएको पाएका छौँ ।’ गरिवले सजिले उपचार गर्न सक्छन् ?  उनले भनिन्, ‘गरिनैरहेका छन् । काठमाडौंमा अलिक बढी सुविधा छ । उपचार गर्न सहज हुन्छ । अरु ठाउँमा विस्तार हुने क्रममै छ ।’ उनका अनुसार काठमाडौं बाहिर यो रोग बढी देखिएको छ । 

सरकारले दिने एक लाखले पुग्छ होला त ? ‘नहुनु भन्दा कानो गोरु सही भन्ने एउटा उखान छ । त्यसैले एक रुपैँया नभएर उपचार नुहनु भन्दा त एक लाखले सुरुवाती क्यान्सर हो भने त चट् भइहाल्छ । निकै जटिल भए मात्रै त्यो रुपैयाँ अपुग हो ।’ सरकारले सहयोग भन्दा पनि रोकथामतिर बढी जोड दिनु पर्नेमा धेरैले सुझाव दिएको उनले बताईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ