तोकेको ठाउँमा जान नचाहने कर्मचारीले जागिर छोड्नुहोस : मन्त्री पण्डित
प्रकाशित २०७४ चैत २३ शुक्रबार
486
Shares
पाल्पा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर छोड्नुपर्ने बताएका छन् ।
पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियो मदनपोखराको २० औँ वार्षिकोत्सवमा उनले सरकारले पठाएको ठाउँमा जान नचाहने र अटेरी गर्ने कर्मचारीलाई जागिर छोडेर जान उपयुक्त हुन्छ भने।
मन्त्री पण्डितले भने — “अटेरी गरेर बसिरहने हो भने जागिर छोडेर जाँदा राम्रो होला, त्यस ठाउँमा नयाँ पुस्ताका कर्मचारीबाट नयाँ ढंगबाट काम लिइन्छ ।”
निर्वाचित जनप्रतिनिधिलाई समेत आफ्नो सेवा र सुविधामा मात्र ध्यान नदिई जनताको सेवामा समर्पित हुन पनि उनले आग्रह गरे । रासस