arrow

माओवादी मेयर सियाराम कुशवाहलाई जन्मकैदको फैसला, फैसला कार्यान्वयनमा भने ढीलाई

काशि तिवारीको हत्यामा संलग्न रहेको अदालतको फैसला

logo
बिजय चौहान,
प्रकाशित २०७४ चैत २४ शनिबार
siyaram-kuswaha-mayor-maoist-kasinath-killer.jpg

वीरगन्ज। रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले जन्मकैदको फैसला सुनाएको छ। हिन्दु यूवा संघका संस्थापक काशिनाथ तिवारीको हत्यामा दोषी ठहर गर्दै इजलाशले कुशवाहलाई जन्मकैदको फैसला सुनाएको हो।

गत फागुन २८ गते नै फैसला सुनाईएको भएपनि हालसम्म अदालतको फैसला कार्यान्वयनका लागि कुनै कारवाही नभएको पाईएको छ।

पर्सा जिल्ला अदालतले कुशवाहालाई सफाई दिएपछि स्वर्गिय तिवारीकी श्रीमती बवितादेवि तिवारीले पुन जाहेरी दिएकी थिइन। उनकै जाहेरीका आधारमा उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जबाट दायर भएको पुनरावेदन उपर उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासका न्यायधिसद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयूक्त इजलासले गत फागुन २८ गते नगर प्रमूख कुशवाहालाइ जन्मकैदको फैसला गरेको हो। तर फैसला भएको लामो समय वित्भदा पनि पनि प्रहरीले भने अझै सम्म माओवादीबाट निर्वाचित भएका मेयर कुशवाहलाई पक्राउ गरेको छैन्।

जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जका रजिष्टार बाबुराम दाहालले भने अदालतको फैसला कार्यान्वयनका लागि फैसलाको लगत जिल्ला अदालतमा पठाएपछि जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय मार्फत सियरामलाइ पक्राउ गर्नका लागि पक्राउ पुर्जी जारी गर्ने बताए।

नगरप्रमूख कुशवाहाले आफूलाई अदालतको फैसलाबारे कुनै जानकारी नभएको बताए । ‘म नगरका दैनिक कामकाजमा व्यस्त छु, मलाई अदालतको फैसलाबारे कुनै जानकारी छैन’ कुशवाहाले भने ।

पर्सा जिल्ला अदालतबाट आफूले सफाई पाइसकेकोले उच्च अदालतको फैसलाबारे जानकारी प्राप्त भएपछि न्यायका लागि सर्वोच्च अदालत जाने बाटो खुल्ला रहेको उनले जीकिर गरे । ‘उच्च अदालतको फैसला चित्त नबुझे सर्वोच्च जाने बाटो खुल्ला छ’ उनले भने ।

तर दशवर्ष भन्दा बढि सजाय तोकिएका दोषिले मुद्याको पूनरावेदन गर्नका लागि पनि थुनामै बस्नुपर्ने कानुनी व्यवस्था रहेको अधिवक्ता दामोदर पौडेलले जानकारी दिए । ‘जन्मकैदको सजाय सुनाईएकाले उहाँले थुनामै बसेर मुद्याको पुनरावेदन गर्नुपर्ने देखिन्छ’ अधिवक्ता पौडेलले भने ।

हत्या अभियोगमा जन्मकैदको फैसला सुनाईएका रौतहटका नगरप्रमूखका विषयमा उच्च अदालतले रौतहट प्रहरीलाई समेत पत्राचार गरेको छैन। रौतहटका प्रहरी प्रमूख यज्ञविनोद पोखरेलले कटहरियाका नगरप्रमूखका विषयमा कुनै जानकारी नपाएको बताए ।

हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको २०६७ साल असार १२ गते साँझ वीरगन्जको अशोकवाटिका स्थित शीव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो ।

प्रहरीका अनुसार, मोटरसाइकलमा सवार भइ मन्दिरमा पुगेका सियराम कुशवाहा र बाराको हरैयाका अमन प्रसाद कुशवाहा मध्ये सियारामले पेस्तोल चलाएर तिवारीको हत्या गरेका थिए।

हत्या पछि फरार रहेका सियारामलाइ प्रहरीले तिवारीको हत्या भएको साढे तीन वर्ष पछि २०७० साल पुष १ गते चितवनको भण्डाराबाट पक्राउ गरेको थियो।

तर जिल्ला अदालत पर्साले उनी निर्दोष रहेको भन्दै सफाइ दिएपछि उनि पक्राउ परेको एक महिना पछि नै रिहा भएका थिए ।

तिवारीको हत्यामा संलग्न बारा हरैयाका अमनलाइ भने प्रहरीले २०६८ साल भदौ २२ गते पक्राउ गरको थियो। उनी हाल वीरगन्ज कारागारमा छन्। अमनकै बयानका आधारमा प्रहरीले सियारामलाइ पनि पक्राउ गरेको थियो ।

गत असोज दुई गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट निर्वाचित भएका कुशवाहा माओबादी नेता प्रभु साह निकट हुन् । प्रभु साह भूमिसुधार व्यवस्था मन्त्री हुँदा कुशवाहाले स्वकिय सचिबको जिम्मेवारी पनि सम्हालेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ