arrow

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
kobind-oli1.jpg

नयाँदिल्ली ।  भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार शिष्टाचार भेट गरेका छन् ।  

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उनिहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए ।

सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा प्रम ओलीलाई बधाई दिएका थिए । उनले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो दिएका थिए ।

यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान रत(गार्ड अफ अनर) प्रदान गरिएको थियो । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ