arrow

गान्धीको श्रद्धाञ्जलि पुस्तिकामा प्रधानमन्त्री ओलीले के लेखे ?

प्रधानमन्त्री ओलीले दिए गान्धीप्रति श्रद्धाञ्जलि

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
oli1.jpg

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनिप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।  

प्रधानमन्त्री ओलीले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरे भने त्यहाँ रहेको पुस्तिकामा हस्ताक्षर र गान्धीप्रति श्रद्धाञ्जलिसहित उनको स्मरण गरे ।

श्रद्धाञ्जलि पुस्तिकामा प्रधानमन्त्री ओलीले लेखेका छन् – महात्मा गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ, उहाँले हामीलाई प्रेम, सत्य र अहिंसा सिकाउनुभएको छ, यो मानव जातीको उच्च गुण हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ