arrow

एउटा निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन : महत

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
ramsaran-daju-news-aa.jpeg

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताएका छन् ।

नेपाली काँग्रेस चितवनले शनिवार यहाँ आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण कार्यक्रममा उनले उच्च मनोबलका साथ संगठन विस्तारमा जुट्न काँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

नेता महतले संगठन बलियो बनाएमा आउँदो निर्वाचनमा काँग्रेस विजयी हुने बताउँदै त्यसका लागि गाउँ तहदेखि केन्द्रीय तहसम्म संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

काँग्रेसले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्छ, उनले भने, “पार्टी भित्र म नै केन्द्रविन्दुमा रहनुपर्छ भन्ने भावनाको विकास भएकाले अहिलेको निर्वाचनमा पराजय भोग्नु परेको हो ।”

पूर्व अर्थमन्त्रीसमेत रहेका महतले सरकारले जारी गरेको श्वेतपत्र हास्यास्पद रहेको टिप्पणी गर्दै वामपन्थी सरकारमा आएपछि विभिन्न बहानाबाट बङ्गाएर श्वेतपत्र जारी गरिएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ