arrow

अाेलीकाे भारत भ्रमण : मोदीले चीनको बीआरआई र बुढीगण्डकीबारे चासो राखेनन्

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
PM_OLI_visit.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटमा चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ बीआरआइमा नेपालको सहभागितालाई लिएर कुनै छलफल नभएको बताइएको छ । भारतीय विदेश मन्त्रालयले यो विषयका कुरा नभएको जनाएको हो ।

ओली–मोदीको संयुक्त पत्रकार सम्मेलनपछि त्यसबारे जानकारी दिन विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार भेटमा विदेश सचिव विजय गोखलेले दुई प्रधानमन्त्रीबीच चीनले अघि सारेको बीआरआईमा नेपाली सहभागिताबारे कुरा नभएको बताएका हुन् । उनले यो बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँसो नराखेको समेत बताए ।

उनले बुढीगण्डकी आयोजनाबारे समेत कुरा नभएको पत्रकारहरुलाई सुनाए । तर, उनले भारतको रेल लाइनमा काठमाडौँलाई जोड्न रक्सौल–काठमाडौँ इलेक्ट्रिफाइड रेलवे बनाउने विषयमा दुई नेताबीच सहमति भएको भने बताएका छन् ।मोदीसँगको भेटमा ओलीले सार्कलाई अघि बढाउने विषयमा कुरा गरेको उनले जानकारी दिएका छन् ।

यसैगरी, भेटमा ओलीले दोस्रो सीमापार ट्रान्समिसन लाइन थप्न प्रस्ताव राखेको बताउँदै सचिव गोखलेले त्यसमा भारतीय पक्षले विचार गर्ने बताएका छन् । सचिव गोखलेका अनुसार मोदीसँगको भेटमा प्रधानमन्त्री ओलीले भारतसँग नेपालले व्यहोरिरहेको व्यापारघाटा, भारतले निर्माण गरिरहेका परियोजनाहरुको सुस्त गति र  मानव तस्करीलगायत विषयमा पनि कुरा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ