arrow

वडा सदस्यको भिरबाट लडेर मृत्यु

logo
रमित बि.क.
प्रकाशित २०७४ चैत २४ शनिबार
bajura-sadasya.jpg

बाजुरा ।  भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नं। ३ का निर्वाचित वडा सदस्य टेक बहादुर चदाँरा रहेका छन् ।

विहान डालेघाँस काट्न गाउँ नजिकैको जंगलमा गएको बेला रुखबाट लडेर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हरी बहादुर वलीले जानकारी दिए  । शनिवार विहाना घरपरिवारलाई सघाउनको लागि जंगलमा घाँस काट्न निस्किएका हुन् ।

विहाना करिव ९:३० बजेतिर रुखबाट लडेर उनको मृत्यु भएको हो । गएको स्थानिय तहको निार्वचनमा वडा नं. ३ बाट दलितबाट निर्वाचित वडा सदस्य समेत रहेका उनले गाउँको विकासका लागि ठुलो भुमिका खेलेको वडा अध्यक्ष बीर बहादुर रावलले बताए । सालिन र भद्र स्वभाव भएका सहकर्मी गुमाउँदा आफुलाई ठुलो पिडा भएको उनको भनाई रहेको छ ।

३३ बर्षको कलिलो उमेरका वडा सदस्य चदाँराका २ छोरी र १ छोरा श्रीमति बेसाहारा भएका छन् । उहाँ नेकपा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचि भएका थिए । एमाले वडा संगठन कमिटीका वडा अध्यक्ष समेत रहेका उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली र पोष्टआर्टमका लागि प्रहरीले जिल्ला स्वास्थ्य कार्यालय बाजुराका शव गृहमा राखेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ