arrow

फोटो पत्रकार समुहको अध्यक्षमा बिजय चौहान चयन

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
chauan.jpg

वीरगन्ज । राष्ट्रिय फोटो पत्रकार समुह पर्साको अध्यक्षमा बिजय चौहान सर्वसहमत चयन भएका छन् ।  वीरगन्जमा शनिबार सम्पन्न राष्ट्रिय फोटो पत्रकार समुह पर्सा छैठौं साधारण सभाले चौहानलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो  ।

फोटो पत्रकार समुह पर्सा शाखाका अध्यक्ष पंकज श्रेष्ठको अध्यक्षतामा सम्पन भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारले नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना दिए । उनले फोटो पत्रकारहरुको क्षमता वृद्धीका लागि समुहले आयोजना गर्ने सबै कार्यक्रममा आवश्यक सहयोग महासंघ पर्सा शाखाले गर्ने प्रतिवद्धता व्यक्त गरे। जिल्लामा पत्रकारिताको स्तर उकास्न र पत्रकारहरुको क्षमतावृद्धीका लागि तालिमको आवश्यकता रहेको बताउदै अध्यक्ष बन्जाराले फोटो पत्रकारहरुका लागि समुहले तालीमको व्यवस्था गर्न आग्रह गरे ।

कार्यक्रममा वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकास शर्माले फोटो पत्रकार समुहले आयोजना गर्ने तालिममा उद्योग बाणिज्य संघले आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पर्सामा रहेको संचारकर्मीको क्षमता वृद्धिदेखी सुरक्षाका सवारलमा वीरगन्ज उद्योग बाणिज्य संघको नेतृत्व पाएदेखि नै तत्परताको साथ लाग्दै आएको जानकारी दिदै अध्यक्ष शर्माले फोटो पत्रकार समुहले आयोजना गर्ने तीन दिने फोटो पत्रकारीता तालिको सबै खर्च संघले व्यहोरिने प्रतिवद्धता व्यक्त  गरे।

कार्यक्रममा फोटो पत्रकार समुहका पुर्व केन्द्रिय उपाध्यक्ष राम सर्राफ, संस्थापक जिल्ला अध्यक्ष प्रविण मानन्धर लगायतका वक्ताले फोटो पत्रकारिताको अवस्था वारे चर्चा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ