युनिप्रेस नेपालको चौथो महाधिवेशन, सिजापतीको नेतृत्वमा ३१ सदस्यीय समिति सर्वसम्मत
प्रकाशित २०७४ चैत २४ शनिबार
513
Shares
काठमाडौं। युनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल युनिप्रेसको चौथो संघिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतीको अध्यक्षतामा ३१ सदस्यिय नया संघिय समिति सर्बसम्मत रुपमा चयन गरेको छ ।
समितिको सह अध्यक्ष अर्जुन पाठक, बरिष्ठ उपाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, महिला उपाध्यक्ष लीला दाहाल, उपाध्यक्ष अशोक दाहाल, उद्धव अधिकारी, प्रकाश दाहाल, तथा महासचिवमा सूर्य नेपाल, उपमहासचिव सुदिप बुडाथोकी, कविता कार्की, गुण सिलवाल, कोषाध्यक्ष हरी बस्नेत, सहकोषाध्यक्ष राम भजन लहेरा चयन भएका छन्। त्यसैगरी केन्द्रिय सदस्यहरुमा रमेस चालिसे, नीमा लामा, नरेन्द्र मानन्धर, देव बहादुर के।सी, सुवास न्यौपाने खडानन्द, कल्पना माझी बोटे, सहनशिला बस्नेत, सुचित्रा गौतम, प्रिया आचार्य, पवनजी ज्यू जंङ ठकुरी, यम गुरुङ, मो। जुनेद हवारी तथा अश्विनी के।सी रहेका छन्।
महाधिवेशनले प्रदेस समिति २ को अध्यक्षमा सतरोण सहनी, प्रदेस समिति ३ को अध्यक्षमा गणेश कुमार कार्की, प्रदेस समिति ४को अध्यक्षमा निर्दोश डुम्रे, प्रदेस समिति ५ को अध्यक्षमा केशव के।सीलाई चयन गरेको छ । त्यसैगरि महिला समितिको अध्यक्षमा मेनुका शाह र युवा समितिको अध्यक्षमा सुभाष तामाङलाई चयन गरेको छ।
२०५९ मा स्थापित यो संघ अन्तरष्ट्रिय रुपमा युनियन नेटबर्क इन्टरनेशनलसँग र राष्ट्रिय रुपमा नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध छ। संघको ५२ जिल्ला शाखाहरु तथा कान्तिपुर, इमेज लगायत बिभिन्न रेडियो, टीभी, छापाखाना र संचार माध्यमहरुमा गठन भएका प्रतिष्ठानहरुमा कार्यरत करिव ८ हजार सदस्यहरु रहेका छन । सो संघसंग यसै महाधिवेशनमा नेपालको श्रम विभागमा दर्ता रहेको र अन्तराष्ट्रिय रुपमा यूएनआइ आबद्ध भएको तथा नेपाल टेलीभिजन कर्मचारी संघ लगायतका अन्य संचारका ट्रेड युनियनहरु आबद्ध संचारकर्मीहरुको अर्को राष्ट्रिय ट्रेड युनियन समेत एकिकरण भएको छ ।
संघको संघिय महाधिवेशनको एक समारोहबीच सांसद संजय गौतमले उद्घाटन गरेका थिए। समारोहलाइ संबोधन गर्दै उनले नेपाली काँग्रेसले आफनो नेतृत्व तहमा श्रमिकहरुको प्रतिनिधित्व गराउनु पर्ने र त्यसका लागि आफुले सक्दो पहल गर्ने बताए।