arrow

ट्रम्प टावरमा आगलागीमा परी एकको मृत्यु, चार घाइते (अपडेट)

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
trump-tower11.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घर र कार्यालय रहेको ट्रम्प टावरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । 

अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी उक्त भवनमा बस्ने पुरुष रहेको बीबीसीले बताएको छ । 

आगलागीमा परी ४ जना घाइते भएका छन् । 

ट्रम्प टावरको पचासौं तल्लामा आगो लागेको हो । 

राष्ट्रपति ट्रम्पले आगो नियन्त्रणमा आएको बताएका छन् । उनले ट्वीटरमार्फत आगो निभाउन संलग्न सबैलाई धन्यबाद पनि दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ