arrow

ग्रहशान्ति गर्न राखिएको दियोले आगलागी, बृद्धाको मृत्यु, १० घर जलेर खरानी

logo
गोपाल पोखरेल,
प्रकाशित २०७४ चैत २५ आइतबार
aago_lagi.jpg

उदयपुर ।  उदयपुरको उदयपुरगढी गाउँपालिका – ६ नेपालटार बजारमा शनिवार राति आगलागी हुँदा एक बृद्धाको जलेर मृत्यु भएको छ भने १० घर जलेर नष्ट भएको छ ।

राति करीव ११ बजे भूपू प्रहरी हल्दार नारायण तामाङको घरबाट अचानक सल्केको आगोका कारण उनकी ७० बर्षीय आमा बाटिमाया तामाङको मृत्यु भएको हो । आगलागीमा तामाङ लगायत १० घर जल्दा ६ करोड भन्दा बढीको क्षति भएको प्रहरी उपरिक्षक नवराज भट्टले वताउनु भयो ।

 ५ घण्टापछि नियन्त्रणमा आएको सो आगलागीमा परेर नारायण तामाङ, टंक श्रेष्ठ, भरत कार्की, विरबहादुर तामाङ, तिलाकुमारी दाहाल, निर्मला विक, नवराज कार्की, टिकामान तामाङ र रमेश खतिवडाको घर जलेर नष्ट भएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए ।

 मृतक बाटीमाया तामाङको ग्रहशान्तिका लागि भन्दै साझ धामीझाक्री राखिएको थियो । धामीझाक्री राख्न बालेको दियोवाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ ।  गाईघाट, कटारी र राजविराजको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ बजे मात्र आगो नियन्त्रणमा आएको थियो ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ