arrow

अनशन बस्दापनि सरकारले वास्ता नगरेको सामाजिक परिचालिकाहरुको गुनासो

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
paricharika.JPG

काठमाडौं । केन्द्रीय सामाजिक परिचालिका संघर्ष-समन्वय समितिकी संयोजक कविता थापाले सामाजिक परिचालिकाको बारेमा सरकार बेखबर बनेको आरोप लगाएकी छिन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष-समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै बोल्दै संयोजक थापाले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन्,‘हामी चैत १७ गतेबाट भद्रकालिमा आमरण अनशन बसिरहेका छौँ, हामी अन्यायमा पर्यौ भनेर रुँदाकराउदा पनि सरकारले सुनेन र अनशन बस्न बाध्य भयौ , यति गर्दापनि सरकारले कुनै वास्ता गरेको छैन् ।’

उनले अघि थपिन,‘हामीहरु ग्रामिण भेगमा काम गर्ने महिला हौँ, हामीले युद्धको बेलामा पनि सामाजिक परिचालिकाको रुपमा जनताको सेवाको लागि काम गर्‍र्यौ, आजको दिनमा पनि गरिरहेका छौँ, २०५६ सालदेखि सामाजिक परिचालिकाको रुपमा काम गर्दै आएका हामी महिलाहरुको शुरुमा १५ सय, बिचमा २ हजार, ३५ सय र आजका दिनमा मासिक पाँचहजार तलव छ, यसले हाम्रो श्रमको मूल्य चुक्ता हुन सक्दैन, हाम्रो श्रमको मुल्य के मासिक ५ हजार मात्रै हो ? यदि काम गर्नको लागि हामी आवश्यक छैनौं भने हटाउनु पर्यो, होईन भने काम अनुसारको दाम प्रदान गर्नु पर्यो, अब हामी कि वार कि त पार नहुञ्जेल आमरण अनुसनलाई जारि राख्ने छौं ।’
 
आन्दोलन बिना अधिकारको सुरक्षित नहुने भन्दै संयोजक थापाले भनिन्,‘यो सरकारले हाम्रा मागहरुको बारेमा सुन्नेवाला छैन्, हामीले आन्दोलनलाई तताउनु पर्ने देखिन्छ ।’
उनले भनिन्,‘सरकारले केही दिन अघि सामाजिक कर्मचारी संघका कर्मचारीहरुका मागहरु सम्बोधन गरेको छ, देशभरमा ६९७ जना मात्रै महिला सामाजिक परिचालिका छौँ, हामीलाई सरकारले व्यवस्था गर्न कुनै गाह्रो हुन्छ भन्ने मलाई लाग्दैन्, मुलुकभरिका महिला तथा बालबालिका कार्यालयमा कार्यरत महिला सामाजिक परिचालिकाको तत्काल व्यवस्था नगरे कडा आन्दोलन हुन्छ, आमरण अनशनमा बस्नुभएका महिला दिदीबहिनीहरुको स्वास्थ्य स्थिति निक्कै कमजोर बनेको छ, यस्तो स्थितिमा पनि सरकार गम्भिर बन्दैन, हाम्रो विकल्पमा आन्दोलनबाहेक अरु कुनै विकलप छैन् ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ