arrow

बाबुरामले भने -'डाक्टरको क्लबमा ओलीलाई स्वागत छ'

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
oli-baburam.JPG

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संगोजक डा बाबुराम भट्टराईले मानर्थ विद्यावारिधी पाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै बधाई दिएका छन् । भट्टराईले आइतबार ट्विट गर्दै ओलीलाई स्वागत तथा बधाई दिएका हुन् ।

भट्टराईले द्विटमा  'डा. ( विद्यावारिधी ) क्लब' मा प्रम डा. ओलीलाई हार्दिक स्वागत तथा वधाइ!' लेखेका छन् । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आइतवार मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।

विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ