arrow

भरतपुर अस्पतालका अध्यक्ष राजभण्डारीले दिए राजीनामा

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
rajkumar-rajbhandari.jpg

चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले आइतवार राजीनामा दिएका छन् ।  गत पुस २५ गते दुई वर्षका लागि अध्यक्षमा नियुक्त भएका राजभण्डारीले अवधि छँदै राजीनामा दिएका हुन ।  

उनले अस्पताल विकास समिति र स्वास्थ्य मन्त्रालयको नेतृत्वको बीचमा कार्यसम्पादन गर्ने सिलसिलामा असमझदारी बढेको भन्दै राजीनामा दिएका हुन् ।  राजभण्डारीले मन्त्रालयले अस्पताल विकास समितिको दैनिक एवं स्वभाविक क्रियाकलापमाथि ठाडो हस्तक्षेप गरेकाले कार्यसम्पादनमा असहजता महसुस गरी राजीनामा दिएको बताए ।

सरकारलाई आगामी दिनमा आफू अनकूल कार्य सम्पादन गर्न सहज होस् भन्ने उद्देश्यले आफूले मार्गप्रशस्त गर्दै आजैका मितिदेखि लागू हुने गरी अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएको जनाए ।

अस्पतालमा अध्यक्ष भएसँगै अस्पतालले मेडिकल कलेजलाई भाडामा दिएको जग्गाको भाडा पुनरावलोकन गर्ने अडान लिँदै आउनुभएका राजभण्डारीलाई पछिल्लो समय मेडिकल कलेजको अनुकूल हुने गरी भाडा समायोजन गर्न दबाब बढेपछि उनले राजीनामा दिएको बताइएको छ ।

राजभण्डारीको १५ महिने कार्यकालमा महत्वपूर्ण कार्य भएका छन् । उनले अस्पतालबाट बैठक भत्ताबापत प्राप्त रकम पनि अस्पतालमै रहेको गरिब तथा विपन्न नागरिक कोषमा जम्मा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ