arrow

हिन्दुवादी अनुयायीको सुरक्षाको माग

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत २६ सोमबार
hindu-wadi.jpg

स्याङ्जा ।  आइतवार राती सनातन हिन्दु धर्मका अभियान्ता बालसन्त धर्मगुरु श्री निवासाचार्य माथी हत्या गर्ने तवरले चलाईएको गोलीले विश्वका हिन्दुहरु माथीको प्रहार भएको भन्दै हिन्दु अनुयायीहरुको सुरक्षाको माग सरकारसगँ गरिएको छ ।

विश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाको भेलाले एक प्रेस विज्ञप्ती जारी गर्दै हिन्दुत्वलाई कमजोर बनाउने, हिन्दु धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उदेश्यले गराईएको घट्नाको ध्यानाकर्षण गर्दै समस्त हिन्दु अनुयायीहरुले असुरक्षा महशुष गरेको उल्लेख गरिएको हो । विश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेले जारी गरेको प्रेस विज्ञप्तीमा यस्ता घट्ना दोहोरिन नदिन उच्च सतर्कता अपनाउन सम्वन्धी निकायलाई समेत चासो व्यक्त गरेको छ ।

धार्मिक सदभाव खल्बलाउने अभिप्रायले विभिन्न धार्मिक संघसंस्था माथी प्रहार भएको विज्ञप्तीमा उल्लेख गर्दै योजनावद्ध हुने श्रृङ्खलामा सरकारले समेत खासै चासो नदिएको आरोप समेत लगाईएको छ । हिन्दु धर्म, संस्कृति र परम्परालाई हतोत्साहित गर्न गराइएको घट्नाको निन्दा गर्दै घट्नाका अभियुक्त र योजनाकार सबैलाई तत्काल कारवाहि गर्न माग गर्दै घाईते गुरुको उपचारमा कुनै कसुर बाँकी नराख्न सरकारसगँ अपिल गरेको छ ।

 यता नेपाल सरकारले हालै गरेको विदा कटौतीको विषयमा समेत ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत गराएको छ । अधिकाशं विदा कटौति पनि हिन्दुहरुको मानमर्दनमा चोट पुर्‍याउने खालको निर्णय भएको उल्लेख गर्दै यसलाई अविलम्व सच्चाउन समेत आग्रह गरेको छ । हिन्दुहरुको अत्यन्तै महत्वपूर्ण घटस्थापना, रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपुर्णिमा जस्ता पर्वहरुमा परापुर्वदेखि दिदै आएको राष्ट्रिय विदालाई कटौति गर्ने निर्णयले सबै हिन्दु धर्मावलम्वीहरुलाई दुखी तुल्याएको विज्ञप्ती मार्फत पाण्डेले जानकारी दिएका छन् ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ