arrow

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार
accident-final.jpeg

रोल्पा । रोल्पाको सुनछहरी गाँउपालिका ५ कसलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा रोल्पा नगरपालिका ३ सिमलवाङका ३२ वर्षिय गणेश बुढा रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

सोही दुर्घटनामा ट्याक्टरमा सवार लुंग्री गाँउपालिका ५ स्यारका १६ वर्षिय बिक्रम सुनार,१८ वर्षिय गणेश सुनार र रोल्पा नगरपालिका–१० धवाङका १९ वर्षिय रप बहादुर पुन मगर घाइते भएका छन् । 

घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ । 

सोमबार राति ९ बजे लु १ त ९३४२ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५ मिटर तल खसेको इलाका प्रहरी कार्यलय सुलिचौरले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ