arrow

सोसल मिडियाको हल्लाले भारत बन्द, इन्टरनेट सेवा ठप्प, मध्यप्रदेशमा कर्फ्यू

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार
india-hariyana.jpg

काठमाडौं। भारतमा सोसल मिडियाको दुरुपयोग गर्दै केही संगठनले कथित भारत बन्दको आब्हान गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।गृहमन्त्रालयले यो सूचना जारी भएपछि विभिन्न सुझाव समेत दिएको छ। गृहले सुरक्षा व्यवस्था मिलाइएकोले ढुक्क हुन समेत आब्हान गरेको छ। गत अप्रिल २ मा हिंसा भएपछि राजस्थान, मध्यप्रदेश र पश्चिमी उत्तर प्रदेशका अधिकांश क्षेत्रमा सुरक्षा बढाइएको छ। 

मध्यप्रदेशको संवेदनशील जिल्लाहरुमा कफ्र्यु लगाइएको छ। राजस्थानमा धारा १४४ लागु गर्दै अर्धसैनिक बल तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ। पश्चिमी उत्तर प्रदेश हापुड जिल्लामा अफबाह रोक्नका लागि इन्टरनेट सेवा प्रतिवन्धित गरिएको छ। 

सर्वोच्च अदालतको फैसलापछि अप्रिल २ मा दलित संगठनहरुले भारत बन्द आब्हान गरेका थिए। संगठनले १० अप्रिल मंगलबार सोसल मिडियामा एक जुट भई देशमा हुने प्रदर्शनमा शामिल हुन आग्रह गरेका थिए।  २ अप्रिलको हिंसामा १७ जनाको मृत्यु भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ