arrow

एमाले माओवादी मिल्नुअघि नै फुट्ने संकेत ?

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार
uml-maobadi-new.jpg

काठमाडौं । केपी शर्मा ओलीको एकल निर्णयात्मक प्रवृत्तिप्रति असन्तुष्ट माओवादी केन्द्रमा पार्टी एकता गर्न नहुने नकारात्मक भाइब्रेसन बढ्दै गइरहेको छ । पार्टी एकताको सुरुवातदेखि असन्तुष्ट व्यक्त गर्दै आएका एक नेताले ओलीले माओवादीलाई एक सानो झुण्डमा देखिरहेको आरोप लगाए । 

उनले भने, ‘ओलीको नियत पहिलेदेखि नै चित्त नबुझेकाले विरोध गरेको थिएँ, तर म विद्रोही ठहरिएँ तसर्थ आजकल प्रतिक्रिया दिन मन लाग्दैन, मेरो नाम कोट नगर्नुहोला, खास कुरो के हो भने ओलीका कारण हाम्रा प्रचण्ड कमरेड खुम्चदै हुनुहुन्छ ।’

उनले अगाडि थपे, ‘प्रचण्ड कमरेड खोइ के मा हो अल्झिनु भएको छ, हामीलाई निकै साँघुरो बनाइँदैछ, तपाईले थाहा पाउनु भयो नि त सचिवहरुको सरुवा गर्दा हामीलाई एक पटक पनि सोधिएन, गृहमन्त्री ज्यूले समेत थाहा पाउनु भएन, यो एमालेको हामीलाई सिध्याउने खेल हो ।’

उनको यो भनाइले एमाले प्रवृत्तिप्रति माओवादीमा चरम असन्तुष्ट आएको छ । सोमबार मात्रै माओवादीका मन्त्रीहरुले अध्यक्ष प्रचण्डलाई भेटेर गुनासो गरेका छन् । चरम असन्तुष्टि जनाएका छन् । 

गृहमन्त्री नै माओवादीबाट (रामबहादुर थापा बादल) भए पनि उनले समेत सरुवा बारेमा थाहा पाएनन् । 

माओवादीले सचिव सुरुवामा आफ्नो सेटिङ बनाइरहेका बेलामा एमालेले एकल निर्णयमा सचिवको सरुवा गरेपछि माओवादी नराम्ररी झस्केको छ । 

सोमबार माओवादीका मन्त्रीहरुले जनाएको चरम असन्तुष्टिले एकपटक फेरि एकता भाँडिने हो कि भन्ने आंकलन गरिएको छ । 

एकातिर बैशाख ९ गते पार्टी एकता गर्नका लागि विभिन्न कार्यदलहरु जोडतोडले लाग्नु अनि अर्कातर्फ पार्टी एकता हुनुभन्दा अगाडि नै एमालेले आफ्नो रुप देखाइरहेकोप्रति माओवादीका नेताहरु चिन्तामा फसेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता जसरी पनि गर्नुपर्छ भनेर लागेपछि असन्तुष्ट देखिएका कृष्णबहादुर महरादेखि वर्षमान पुन अनन्तसम्मलाई पद दिएर चुप बनाए । 

केही असन्तुष्टहरुले पार्टी नै छाडे । प्रचण्ड शक्तिमा झन् भनी एमालेकै नेताहरुले अफवाह फैलाउन लगाएर केही मिडियाले समाचार बनाए पनि त्यसमा सत्यता नभएको माओवादीका एक नेताले बताए । 

उनले भने, ‘हामीलाई दंग पार्नका लागि केही मिडियालाई त्यसरी एमालेले नै लेख्न लगायो, प्रचण्ड ज्यूको बढी उत्तेजनामा आउने बानीले अहिले हामीलाई नै डुबाएको छ ।’

के होला त एकता ? 
अहिलेसम्म एमालेलाई गाली गर्दै आएका ती नेताले भने, ‘एकता त हुन्छ नै । एकता भएन भने हामी पनि डुब्छौं र एमालेलाई पनि डुबाउँछ । अर्को शक्तिलाई किन हावी हुन दिने भनेरै एकता त गर्नुछ ।’ 

यो अवस्थामा कसरी एकता हुन्छ त ? उनी भन्छन्, ‘एकता नगरे बर्बाद हुन्छौं, यसैले हामीले ५०–५० को शक्तिमा हुनुपर्छ भनेका हौं, त्यो कुरामै सीमित भइरहेको छ ।’

एक एमाले नेता भने एकताका लागि कसैले पनि असर नगर्ने भन्दै सरकार संचालन गर्ने र पार्टी एकता गर्ने कुरा छुट्टाछुट्टै भएकाले शिर्ष नेताहरु बसेर यसलाई मिलाउने प्रयास गर्नेछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ