arrow

नेपाली काँग्रेसको स्थापना दिवस, सभापतिको ट्वीटर शुभकामनामै सीमित

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार
congress-deuba.jpg

काठमाडौं । नेपाली काँग्रेसको चैत २७ गते स्थापना दिवस । २००६ साल चैत २७ गते नेपाली काँग्रेसको स्थापना भएको थियो । 

भारतको कोलकातास्थित टाइगर सिनेमा भवनमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकीकरण यही चैत २७ गते भएको थियो । 

यसैदिन बीपी कोइराला र सुवर्ण शमशेरबीच पटकपटक वार्ता भएपछि दुवै पार्टीको संयुक्त अधिवेशन भई पार्टी एकता भएको थियो । त्यसपछि पार्टीको नाम नेपाली काँग्रेस रहन गयो । त्यसयता पार्टीको नाम बदलिएको छैन । 

तर काँग्रेसका नेताहरुले यस दिन कुनै विशेष सम्झना गर्दैनन् । काँग्रेसले २००३ सालको नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको माघ १२ गतेलाई नै आधिकारिक पार्टीको स्थापना दिवस मनाउँदै आएको छ । 

यसपटक पार्टी सभापति शेरबहादुर देउवाले ट्वीटरमा ट्वीटमार्फत शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘नेपाली काँग्रेसको स्थापना दिवस, सभापतिको ट्वीटर शुभकामनामै सीमित
काठमाडौं । नेपाली काँग्रेसको चैत २७ गते स्थापना दिवस । २००६ साल चैत २७ गते नेपाली काँग्रेसको स्थापना भएको थियो । 

भारतको कोलकातास्थित टाइगर सिनेमा भवनमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकीकरण यही चैत २७ गते भएको थियो । 

यसैदिन बीपी कोइराला र सुवर्ण शमशेरबीच पटकपटक वार्ता भएपछि दुवै पार्टीको संयुक्त अधिवेशन भई पार्टी एकता भएको थियो । त्यसपछि पार्टीको नाम नेपाली काँग्रेस रहन गयो । त्यसयता पार्टीको नाम बदलिएको छैन । 

तर काँग्रेसका नेताहरुले यस दिन कुनै विशेष सम्झना गर्दैनन् । काँग्रेसले २००३ सालको नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको माघ १२ गतेलाई नै आधिकारिक पार्टीको स्थापना दिवस मनाउँदै आएको छ । 

यसपटक पार्टी सभापति शेरबहादुर देउवाले ट्वीटरमा ट्वीटमार्फत शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसको जन्मदिनको शुभकामना ! नेपाली कांग्रेस स्थापना भएको आज ६८ बर्ष पुगेको अवसरमा सबै लोकतन्त्रवादी साथिहरु, नेपाली कांग्रेसका विभिन्न तहमा रहनुभएका मित्रहरु लगायत सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

काँग्रेसको इतिहास ठूलो छ । तर काँग्रेसका नेताहरु अहिले साँघुरो घेरामा गएको बताउन थालिएको छ । काँग्रेसले यसै दिनको अवसरमा ठूलो मन्थन गर्नुपर्ने आवश्यकता पटक पटक औंल्याइएको छ । 

पार्टीको गरिमाका बारेमा जनजनमा जानुपर्ने जरुरी देखिएको पुराना नेताहरु नै बताउँछन् । तर काँग्रेसले आफ्नो गरिमा नै बिर्सदै गएको भन्दै पुराना नेताहरुको चित्त दुखाई छ । 

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ