arrow

बम विष्फोटमा परेका पूर्वसांसद नारायण कार्कीलाई नोबेल मेडिकल कलेजको सहयोग

logo
कुमाेद अधिकारी,
प्रकाशित २०७४ चैत २७ मंगलबार
narayan-bahadur-karki.jpg

विराटनगर ।  विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली कांग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि मंगलवार यहाँ  एक लाख सहयोग गरेको छ ।

अस्पतालका निर्देशक सुनिल शर्माले कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई उक्त रकमको चेक मंगलवार हस्तान्तरण गरे । संघीय संसद्को दोस्रो चरणको निर्वाचनमा उम्मेदवार रहेका कार्की चुनाव प्रचारका क्रममा निर्वाचन बहिष्कारमा उत्रिएको समूहद्वारा गरिएको कुकर बम विष्फोटनमा घाइते भएका थिए ।

पूर्वसभापति कार्कीको अहिले शिक्षण अस्पताल काठमाडौँमा उपचारका लागि आर्थिक समस्या परेको छ । निर्वाचनमा घाइतेको सम्पूर्ण उपचार सरकारले बेहोर्ने भने पनि समुचित सहयोग नपाइएको गुनासो उनको परिवारले गरेको छ ।

चेक हस्तान्तरण समारोहमा कांग्रेस सभापति लिम्बूले कांग्रेस र वर्तमान सरकार संवेदनशील भएर घाइतेको उपचारमा लाग्नुपर्नेमा जोड दिए ।

नोबेल अस्पतालका निर्देशक शर्माले आगामी दिनमा पनि थप सहयोग गरिने दृढता व्यक्त गरे। नोबेल अस्पतालले असहाय र गरीबलाई निःशुल्क उपचार सेवा दिने गरेको बताइएको छ ।

अस्पतालका निर्देशक सुनिल शर्मा कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई चेक हस्तान्तरण गर्दै



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ