arrow

बबईमा सेलाईयो खुमबहादुरको अस्तु, श्रद्धाञ्जली सभामा देउवा आफै पुग्दै

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार
khum-bahadur.jpg

दाङ ।  नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको अस्तु बबई नदिमा सेलाईएको छ । मंगलवार नेपाली कांग्रेस दाङले धर्ना धारापानीमा बबई नदिमा पुगेर अस्तु सेलाएको हो । कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थितिमा काठमाडौँबाट ल्याईएको अस्तु सेलाईएको थियो । खड्काको १२ दिनको पुण्यतिथीमा अस्तु सेलाईएको कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए ।  

कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री दिपक गिरी, प्रदेश सांसद अर्जुनकुमार श्रेष्ठ, जिल्ला सभापति किर्तिबहादुर खड्का, पूर्व जिल्ला सभापति विरकेशरी गौतम, निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मी, पूर्व सांसद गेहेन्द्र गिरी, महाधिवेशन प्रतिनिधी भरतबहादुर न्यौपाने, जिल्ला उपसभापति कमानसिंह भारति, जिल्ला सचिव शंकरप्रसाद डाँगी, टेकबहादुर वली, क्षेत्रीय सभापतिहरु भुपबहादुर डाँगी, जगत खड्का, महिला संघका जिल्ला अध्यक्ष गोमा रावत, नेविसंघका जिल्ला उपाध्यक्ष टोपबहादुर बुढाथोकी, क्षेत्रीय सभापति तिलक रावत, दलित संघका जिल्ला अध्यक्ष बाबुराम बि.क लगायतको उपस्थिति रहेको थियो ।

 साथै खड्काको १३ दिनको पुण्यतिथीमा कांग्रेस दाङले उनको गृहगाँउ सतबरियामा श्रद्धाञ्जली सभा गर्ने भएको छ ।  कांग्रेस दाङको आयोजनामा वुधवार उनको गृहगाँउ सतबरियाको गाझेनामा हुने कार्यक्रमकालागि कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शंशाक कोईराला, शेखर कोईराला लगायत नेताहरु आउने जिल्ला सभापति किर्तिबहादुर खड्काले जानकारी दिए ।

 वुधवार विहान साढे ११ बजेदेखी सुरु हुने श्रद्धाञ्जली कार्यक्रममा उपस्थितिकालागि उनले सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु एवं भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था लगायत सम्पूर्ण सुवेच्छुकहरुमा अनुरोध गरेका छन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ