प्रहरीको आईजीपी एमालेको रोजाईमा, सशस्त्रको आईजीपी माओवादीको रोजाईमा
यस्ताे हुँदैछ खेलाे मेलाे
प्रकाशित २०७४ चैत २७ मंगलबार
741
Shares
काठमाडौं । भावी प्रहरी महानिरीक्षक अाईजीपी छनोट लगायतका विषयमा छलफल गर्न मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीको धारणा मात्रै बुझ्यो । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला क्याविनेट बसेर आईजी छान्न मन्त्रीहरुलाई अलर्ट राखेका छन् । त्यति मात्रै होईन । आईजीको पद बहालीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको मुख्यालयलाई पनि अलर्ट रहन भनेका छन् ।
अहिले गृहमन्त्रालय सत्ता सहयात्री माओवादी केन्द्रको भागमा छ । माओवादी केन्द्रले आफ्नो सिफारिस लाग्ने व्यक्तिलाई आईजी बनाउन पाइन्छ र लामो हात गर्न पाइन्छ भन्ने सोचिरहेकै बेला प्रधानमन्त्री केपीले गृहमा आफ्नै मन मर्जिले सचिव ल्याईदिए । त्यही बाट बिच्किएका गृहमन्त्री रामबहादुर थापा पटक–पटक छुस्की लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल कहाँ पुगे । गृहसचिव ल्याउने सन्दर्भमा जानकारी नै दिइएन भन्ने उनको गुनासो हो । त्यो गुनासो सुनेपछि दाहालले नेपाल प्रहरीको आईजी त हाम्रै हो भन्दै चित्त बुझाउने ठाउँ छ भने । तर, अहिले नेपाल प्रहरी र सशस्त्रको आईजी छनोटमा अब नयाँ ट्वीस्ट भएको छ । अब प्रचण्डले सोचेको जस्तो नहुने देखिएको छ । अब उनले सशस्त्रको आईजी रोज्नु पर्ने भएको छ । नेपाल प्रहरीको आईजी एमाले अध्यक्ष समेत रहेको प्रधानमन्त्री आफैले रोज्ने छन् ।
दाहालले अहिले ट्राफिक प्रहरी प्रमुख रहेका डीआईजी सर्वेन्द्र खनालमाथि जोड गरेका थिए । उनले मात्रै होईन अहिले रक्षामन्त्री रहेका एमाले महासचिव ईश्वर पोखरेल लगायतले पनि खनालकै विषयमा कुरा गर्दै आएका थिए । अब दाहालले खनाल त खनाल सशस्त्रको आईजीका दावेदार शैलेन्द्र खनालतिर ध्यान दिनु पर्ने भएको छ ।
नेपाल प्रहरीको आईजी हुने दौडमा रहेका तीन दावेदार मध्ये सर्वेन्द्र खनाल हुनेबारे धेरैले बढीनै अपेक्षा गरेका थिए । तर, एमालेले नेपाल प्रहरीतर्फको आईजी रोज्नु पर्ने अवस्थामा उनी प्राथमिकतामा पर्ने देखिँदैन । डीआईजी बढुवा हुँदाको कार्यसम्पादन मूल्याङ्कनमा अघि रहेका खनाल आईजी हुँदा कहाँ पुग्ने हुन् भन्ने थाहा छैन । तर, प्रबल संभावना उनकै छ भनिन्छ ।
कारण उनको पारिवारिक पृष्ठभूमि प्रजातान्त्रिक भएकै कारण पनि उनलाई घाटा लाग्ने बताइँदै छ । उनका दुई जना दाई गिरिजाप्रसुाद कोइराला प्रधानमन्त्री हुँदा सल्लाहकार समेत भएका थिए । अब उनलाई आईजी बनाउँदा प्रजातान्त्रिक शक्तिलाई नै सहयोग हुने एमाले अड्कल छ । खरेल र कार्कीलाई विवादमा ल्याउन चाहँदैन एमाले
नेपाल प्रहरीको आईजीका तीन मुख्य दावेदार मध्ये हुन्, डीआईजी रमेश खरेल र पुष्कर कार्की । यी दुईको विषयमा एमाले विवाद गर्न चाहँदैन । कारण अहिलेलाई खरेल आईजी भएपनि ९ महिनापछि पुष्करको पालो आउने मेलो मेसो मिलाउन थालिएको पनि बताइँदै छ । सर्वेन्द्र खनाललाई पञ्छाएपछि यी दुईलाई व्यवस्थापन गर्न कुनै अफ्ठेरो नभएको कुरा पनि एमाले मन्त्रीहरुले प्रधानमन्त्रीको कानमा फुकिसकेका छन् । यस्तै, राष्ट्रपतिसँग साईनो रहेको भनि चर्चामा आएका डीआईजी कार्कीले केही दिन पहिले हाम्राकुरासँग आफू डीआईजी भए पनि नभएपनि अदालत नजाने भनेका थिए । उता, डीआईजी खरेलको कन्फिडेन्स निकै बढेको देखिन्थ्यो भने, खनालको ढुकढुकी बढेको देखिन्थ्यो । यो पल्ट पनि सजिलै आईजीको विषय सल्टिन्छ भन्नेमा शंका नै छ । खेलो मेलो हेर्दा यो पल्ट पनि लफडा हुने देखिन्छ ।
आईजी तत्काल
नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधि वुधबारबाट सकिदै छ । उनीहरुले अनिवार्य अवकाश पाउँनु अघि नै आईजी छानिने छ । त्यसका लागि प्रधानमन्त्रीले सबै तारतम्य अलर्ट गरेका छन् ।
धिरुको नाममा त्यसै चर्चा
आईजी छनोटको अन्तिम समय आइरहँदा डीआईजी धिरु बस्नेतको नाम एकाएक चर्चामा आएको छ । गत असार मसान्तमा १५ जनाका एसएसपी बढुवा गरिएकोमा धिरु बस्नेत १३ औं स्थानमा थिए । बस्नेतको सम्बन्ध प्रधानमन्त्री ओलीसँग निकट रहेको श्रोतको दाबी छ । वर्तमान प्रधानमन्त्री ओली पहिलोपल्ट गृहमन्त्री भएको बेला बस्नेत उनका अंग रक्षक (पर्सलन सेक्यूरिटी अफिसर) थिए । त्यही बेलादेखि बस्नेतको सम्बन्ध ओलीसँग निटक रहेकोले, प्रधानमन्त्रीको रोजाइमा उनी परेमा आश्चर्य नहुने श्रोतको दाबी छ ।