arrow

वडा अध्यक्षमाथि मोबिल छर्किएर टाउकामा ढुंगा प्रहार

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार
attack.jpg

चितवन । भरतपुर महानगरपालिका वडा नं १० का वडाध्यक्ष अरुण पीडित भण्डारीमाथि आज आक्रमण भएको छ । अपराह्न ४:३० बजेको समयमा नारायणगढ बजारमा उनिमाथि अज्ञात समूहले आक्रमण गरेको हो ।

घाइते भण्डारीका अनुसार मोबाइल मर्मतका लागि नारायणगढ बजार गएको समयमा आक्रमण भएको छ । सिद्धी आयल अगाडि रोकी राखेको गाडी चढ्न लाग्दा आफूमाथि एक्कासि आक्रमण भएको उनले बताए ।

भरतपुर अस्पतालमा उपचाररत भण्डारीले भने, “गाडी नजिक पुगेको समयमा एक्कासि पछाडिबाट उडेर के आए जस्तो भयो, म एक्कासी भुइँमा लडेँ, त्यसपछि मोबिल छर्किएर टाउकामा ढुंगा प्रहार गरे ।” आक्रमण गर्ने व्यक्ति होचोहोचो कदको र टोपी लगाएको आफूले प्रष्ट देखेको उनले बताए  ।

आक्रमणकारीले मुख छोपेकाले अनुहार भने प्रष्ट नदेखेको उनले बताए । भण्डारीको टाउको र कुहिनोमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले आक्रमणकारीको खोजी भइरहेको बताए । कसले आक्रमण गरेको हो भन्ने एकीन हुन नसकेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ