arrow

प्रहरीको नयाँ आईजी सर्वेन्द्र, सशस्त्रमा शैलेन्द्र

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार
sarbendra.png

काठमाडौं । प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनालको नाम सिफारिस भएको छ । बालुवाटारमा बसेको बढुवासिफारिस समितिको बैठकले प्रहरीको नयाँ आईजीपीमा खनालको नाममा सहमति जुटाएको हो।

यस्तै, सशस्त्रको आईजीपीमा शैलेन्द्र खनालको नाम सिफारिस भएको छ।  सशस्त्रमा अर्का दाबेदार पुष्पराम केसी दावेदार थिए । बालुवाटारमै बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे औपचारिक निर्णय गर्ने छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको वैठकले वढुवा समितिको सिफारिसलाई अनुमोदन गरेको छ ।

बालुवाटारमा बसेर यसअधी गृहमन्त्रीले प्रधानमन्त्रीसँँगको परामर्शमा  निर्णय लिएका हुन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग समेतको परामर्श पछि नाममा टुङ्गो लगाइएको स्रोतको दावी छ । प्रचण्ड खनालकै पक्षमा थिए ।

प्रहरीमा आईजीपीको दाबेदार खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ