arrow

नेपाल प्रहरी र सशस्त्रको नेतृत्वमा दुई खनाल, सर्वेन्द्र र शैलेन्द्र बने आईजी

ढुक्कसँग निदाउने भए खनाल

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार
sarbendra-sailendra-_khanal.jpg

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको प्रहरीको महानिरीक्षक आईजीमा शैलेन्द्र खनाल नियुक्त भएका छन्। बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो। मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ। सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी पनि दौडमा थिए।

प्रहरीको आईजीपी मूख्य तीन दाबेदारमा खनालसँगै रमेश खरेल र पुष्कर कार्की समेत थिए। डीआईजी बढुवा हुँदाको कार्यसम्पादन मूल्याङ्कनमा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए। खनालले ८४ दशमलव ४७३४ अंक प्राप्त गरेका थिए।

त्यस्तै खरेल र खनालले क्रमश ८३ दशमलव ८५१० र ७८ दशमलव २३११ अंक पाएका थिए। यो पल्ट पनि अघिल्लो पल्ट जस्तै एआईजीहरुबाट आईजीपी छान्न पाइएन। डीआईजीबाटै आईजी छान्नु पर्ने भएको हो ।डीआईजी बढुवा भएको ८ महिनापछि मात्रै नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन। प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ। अन्तिम निर्णय गर्नुअघि विहान प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको राय लिएका थिए । पछि बालुवाटारमै साँझ गृहमन्त्री रामबहादुर थापा र आईजी बन्नेहरुलाई समेत बालुवाटार बोलाईएको थियो।

बहालवाला प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन्। खनाल अब नेपाल प्रहरीको २६औं महानिरीक्षक भएका छन्। सरकारले वरिष्ठताकै आधारलाई टेकेर सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएको दावी गरिएको छ।

नेपाल प्रहरीको नियमावली २०७१ को नियम ४१ अनुसार आइजीपी नियुक्तीका लागि प्रस्ताव पेश गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्ने सामर्थ्यको मूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ। तर,  अघिल्लो पटक सर्वोच्च अदालत र प्रधानन्यायाधीश समेत विवादमा पर्ने गरी कार्यसम्पादन मूल्याङ्कनलाई मूख्य आधार बनाइएको थियो।

ढुक्कसँग निदाउने भए खनाल
प्रहरी प्रमुख नियुक्त भएपछि सर्वेन्द्र खनाललाई भव्य निद्रा लाग्ने भएको छ। रमेश खरेल र पुष्कर कार्कीको चर्चाले बिचमा उनको निद हराम भएको थियो। उनीसँग केही दिन पहिले कुराकानी गर्दा निकै ढुकढुकी निकै बढेको भनेका थिए। उनी यतिसम्म पुगेका थिए कि, दायाँ बाँया हुने वित्तिकै सर्वोच्च जान तम्तयार थिए। तर, अब उनले कुनै कष्ट गर्नु परेन। पुष्कर कार्कीले पहिले नै भनिसकेका छन्। आफु आईजी नभएपनि कुनै मुद्दा मामिला गर्दिन। कुरा रहयो, खरेलको खरेलले आफु नै आईजी हुन्छु भन्नेमा निकै कन्फिडेन्स राखेका थिए। खनाल र कार्कीले अन्तर्वार्ता दिए, तर, अहिले कुरा विग्रिन्छ अन्तर्वार्ता नदिऔँ भने।

खनालबारे थप जान्न याे पनि पढ्नुस्

अाईजीपीकाे दौडमा सर्वेन्द्र खनाल, बढ्यो ढुकढुकी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ