arrow

सन्तमाथि गोली हान्नेलाई कार्वाहीको दायरामा ल्याउन विश्व हिन्दु महासंघको माग

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार
acharya-shreenibasan-goli.jpg

काठमाडौं। विराटनगरमा हिन्दु अभियन्ता युवा सन्त श्रीनिवासाचार्यमाथि हत्या गर्ने मनसायका साथ गरिएको गोली प्रहारको विश्व हिन्दु महासंघले घोर भत्सर्ना गरेको छ। एक विज्ञप्ती निकाल्दै महासंघले ९४ प्रतिशत भन्दा बढी सनातन ॐकार परिवारका धर्मावलम्बीहरु बसोवास गर्दै आएको देशमा त्यही परिवारभित्रकै अभियन्तामाथि गोली हानी हमला गर्ने व्यक्ति र समूहलाई तत्कालै कानूनी कठघरामा ल्याउन सरकारसँग माग गरेको छ।  

महासंघले निकालेको विज्ञप्ती यस प्रकार छः

आदरणीय पत्रकार साथीहरु,
नेपाली मौलिक सनातन हिन्दु धर्म संस्कृतिको “सर्वे भवन्तु सुखिन” र “वसुधैव कुटुम्वकम्” भन्ने मान्यताका कारण सदियौंदेखि नेपालमा धार्मिक सद्भाव र जातीय एकता कायम भएको विदितै छ । तर केही समय यता सनातन हिन्दू धर्मावलम्बीहरुको यस मान्यतालाई कमजोरी सम्झेर हिन्दु अभियन्ताहरुमाथि परधर्मीहरुबाट कायरपूर्ण ढङ्गले श्रृंखलावद्ध रुपमा हमला हुँदै आएको हामी माझ लुकेको छैन । यही कायर हमलाको श्रृंखलाकै रुपमा हिन्दु अभियन्ता युवा सन्त श्रीनिवासाचार्यमाथि हत्या गर्ने मनसायका साथ विराटनगरमा गरिएको गोली प्रहारको घोर भत्सर्ना गर्दै ९४ प्रतिशत भन्दाबढी सनातन ॐकार परिवारका धर्मावलम्बीहरु बसोवास गरेको मुलुकमा त्यही परिवारभित्रकै अभियन्तामाथि गोली हानी हमला गर्ने व्यक्तिरसमूहलाई तत्कालै कानूनी कठघरामा ल्याउन विश्व हिन्दू महासंघ सरकारसँग जोडदार माग गर्दछ । साथै सनातन धर्मावलम्बीहरुको अन्य धार्मिक समूहमाथिको भाइचारा र उदारतालाई कम्जोरीका रुपमा नबुझ्न समेत विश्व हिन्दू महासंघ अपिल गर्दछ । 

हामी अझै पनि हाम्रो धार्मिक सद्भाव, भाइचारा र आत्मियतालाई कायमै राख्न चाहन्छौं, तर हाम्रा अभियन्तामाथि गरिएका हमला भने हामीलाई कदापि स्वीकार्य हुने छैनन् । तसर्थ हामी सरकारसँग आग्रह गर्न चाहन्छौं राज्य संवेदनशील बनोस् नत्र हामी पनि यसको जवाफ दिन वाध्य हुनेछौं र त्यो जवाफ आक्रमणकारी र राज्य दुवैलाई महंगो सावित हुनेछ । 

पुनश्चः आज सम्पन्न केन्द्रीय समितिको आकश्मिक बैठकबाट युवा सन्त श्रीनिवासाचार्यको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको समेत जानकारी गराउँछु । 
जय सनातन हिन्दु राष्ट्र नेपाल 

शम्भुहरि बास्तोला
महासचिव

केन्द्रीय (अन्तर्राष्ट्रिय) समिति



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ