arrow

फेसबुक संस्थापक जुकरवर्गले मागे माफी 

logo
प्रकाशित २०७४ चैत २८ बुधबार
zuckerberg.jpg

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी भएको मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै सांसदहरुसंग माफी मागेका हुन् ।

जुकरवर्गसँग अमेरिकाको दुईवटा संसदीय समितिको संयुक्त बैठकमा डाटा चोरीबारे स्पष्टिकरण लिइएको थियो । ४२ सांसदले प्रश्न सोध्ने अनि जुकरवर्गले जवाफ दिने क्रम लामो समयसम्म चलेको थियो । 

उनले डाटा चोरी हुनुमा आफ्नो ठूलो गल्ती रहेको बताए । 

जुकरवर्गले डाटा चोरी हुन सक्ने टुल्सका बारेमा आफूहरुले सुरक्षा प्रवन्धका लागि पर्याप्त काम गर्न नसकेको स्वीकार गर्दै भविष्यमा यस्ता गल्ती दोहोरिन नदिन प्राविधिक सुधार गरिने प्रतिबद्धता जनाएका छन् । 

जुकरवर्गले एक घण्टासम्म अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपका बारेमा स्पष्ट पारे । त्यसैगरी भारत र पाकिस्तानमा आगामी चुनावमा हुन सक्ने खतराबारे पनि उनले जानकारी गराएका छन् । 

उनले सो क्रममा फेसबुकप्रति मानिसले राखेको विश्वास र भरोसालाई कायम राख्नका लागि हरसम्भव प्रयास गर्ने पनि जनाएका छन् । 

सांसदहरुको प्रश्नमा उनले भनेका छन् –केही मानिसहरुको कामै यस्तो छ कि हाम्रो कामलाई खराव गर्नू, यो हतियारको होड जस्तै हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ