arrow

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न अनेरास्ववियुको माग

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत २८ बुधबार
anarswabeu.jpg

बुटवल । क्याम्पसहरुमा चरम राजनीतिक हस्तक्षेप हुदां शैक्षिक गुणस्तर खस्कीदै गएको भन्दै अनेरास्ववियुका पुर्व अध्यक्ष तथा वर्तमान पदाधिकारीले विश्वविद्यालयलाई स्वतन्त्र बनाउन माग गरेका छन् ।

नेकपा (एमाले)को भातृसंगठन अनेरास्ववियुका पुर्व केन्द्रिय अध्यक्ष समेत रहेका राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले भैरहवा बहुमुखी क्याम्पसमा आयोजित शुभकामना आदनप्रदान तथा पुरस्कार वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै भने ‘आजको आवश्यक्ता भनेको गुणस्तरीय शिक्षा हो । हिजो ठुलो आन्दोलन र बलिदानीबाट हामी नयां युगमा प्रवेश गरेका छौं । अब समृद्धि नेपालकोलागी शिक्षा क्षेत्रलाई स्वतन्त्र र प्राज्ञिक थलोको रुपमा विकास गदै विश्वसंग प्रतिसपर्धा गर्न सक्ने शिक्षा त्रिभुवन विश्वविद्यालयका आंगीक क्याम्पसले प्रदान गर्नुपदर्छ । ’

नेकपा एमालेका नेता तथा राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका नेता भट्टराईले विद्यार्थिहरु परिवर्तनको संवाहक भएको जनाउदैं विश्वको विद्यार्थि आन्दोलनको चर्चा गर्दा अनेरास्वीयुको काम कारबाहिको ईतिहांस सधैं उदाहरणीय भएको पनि जिकीर गरे । उनले भने ‘लाखौं विद्यार्थिहरु हिजो आफ्नो पढाईको वास्ता नगरी आन्दोलनको मोर्चामा होमिए । जसको फलस्वरुप आज मुलुकमा संघीयता लोकतन्त्र र गणतन्त्र आएको छ । अब लाखौं विद्यार्थिहरुको चाहना अनुसार देशमा वामशक्तिहरु एक हुदैंछन् । ’
उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय महासचिव ऐन महरले वैज्ञानिक र व्यवहारीक शिक्षादीक्षालाई सबैको पहुंचमा पुराउन अनेरास्ववियुले दिनरात पहल गरिरहेको बताए । उनले भने ‘अनेरास्ववियुको नेतृत्वमा विश्वविद्यालयलाई प्राज्ञिक थलोको रुपमा विकास गर्ने अभ्यास थालनी भईरहेको छ । जेहेन्दार र गरिब विद्यार्थिकोलागी आवश्यक छात्रावृति, शोधवृति दिने कार्यक्रम होस् वा शैक्षिक क्रृण तथा यातयातमा विद्यार्थिलाइ निश्चित प्रतिशत छुट दिने कार्यक्रम पनि अनेरास्ववियुकै पहलमा भएको हो । ’

महासचिव महरले अब विद्यार्थिहरु सडक आन्दोलन र टायर बाल्ने काममा जाने बातवरण सृजना नहुने विश्वास व्यक्त गर्दै प्राप्त उपलब्धीलाई संस्थागत गर्दै सरकार अगाडी बढ्नेमा विश्वास व्यक्त गरे । उनले विश्वविद्यालयलाइ चरम राजनीतिबाट मुक्त गर्नुपर्नेमा पनि जोड दिदैं भने ‘विश्वविद्यालयमा पदाधिकारी नियुक्ती मात्रै होइन सामन्य सहायक क्याम्पस प्रमुख पनि दलीय कोटाबाट नियुक्त गरिदैं  आएको छ । यो विडम्बना हो । विश्वविद्यालय स्वतन्त्र प्राज्ञिक थलो हो । त्यसै अनुसार शोध र अध्ययनको थलोको रुपमा विकास गरिनुपर्दछ । अनेरास्ववियु विश्वविद्यालयमा हुने हरेक राजनीतिक हस्तक्षेपको विरोध पनि गर्दछ । ’

सोही अवसरमा अनेरास्ववियु पुर्व केन्द्रिय सचिवालय सदस्य तथा एमाले जिल्ला सचिवालय सदस्य बाबुराम पन्थिले समृद्धि र शान्तिकोलागी विद्यार्थिहरु एक भएर अघि बढ्नुपर्ने बताए । प्रेस चौतारी नेपाल रुपन्देहीका कोषाध्यक्ष नरेश के.सी.ले अबको विद्यार्थि आन्दोलन बैज्ञानिक र व्यवहारी शिक्षाकोलागी हुनुपर्नेमा जोड दिए । क्याम्पस प्रमुख अनिल कुमार झा ले क्याम्पसलाई पुर्ण शैक्षिक थलोको रुपमा विकास गर्न सबै विद्यार्थि संगठनले सहयोग गर्नुपर्ने बताए । अनेरास्ववियु रुपन्देही क्षेत्र नम्बर ३ को संयोजक लक्ष्मी के.सी.ले भैरहवा बहुमुखी क्याम्पसमा चुनाबको समयमा च्याऊसरी उम्रीने विद्यार्थि संगठनहरु अन्यबेला खोज्दा पनि नभेटिएको भन्दैं विद्यार्थि राजनीति स्वच्छ, सबल र राम्रो शिक्षाकोलागी हुनुपर्नेमा जोड दिईन् ।

अनेरास्ववियु भैरहवा क्याम्पस कमिटीका अध्यक्ष सरोज ठकुरीको सभापतित्व, झक बहादुर आलेको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थि, एमाले नगर सचिव थानेश्वर पौडेल, कुमार गुरुंग भैरहवा बहुमुखी क्याम्पसका स्ववियुका पुर्व पदाधिकारीहरु उमेश थापा मगर, चक्र बहादुर थापा अखिलका नेताहरु सरोज पोखरेल, बालकृष्ण पाण्डे, लेखनाथ खनाल, प्रगतिशिल प्राध्यापक संघका कृष्ण घिमिरे, कृष्ण बस्याल,  लगातयले आतिथ्यता रहेको थियो ।

यसैबीच सोही कार्यक्रममा विद्यार्थिहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने अनेरास्ववियु क्याम्पस कमिटीले प्रकाशन गरेको नयां वर्ष २०७५ को भित्तेपात्रो पनि विमोचन गरिएको थियो । कार्यक्रममा विद्यार्थिहरुलाई विभिन्न पुरस्कार पनि वितरण गरिएको थियो । संगठनले केही हप्ता पहिले क्याम्पसमा विभिन्न अतिरीक्त कृयाकलाप सम्पन्न गरेको र सोही कार्यक्रममा उत्कृष्टहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको संगठनका अध्यक्ष ठकुरीले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ