arrow

प्रचण्ड बिरामी परे, बैठक स्थगित

logo
प्रकाशित २०७४ चैत २८ बुधबार
Prachanda-new-FNL.jpg.jpeg

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएपछि एमाले - माओवादी पार्टी  एकता संयोजनको बुधवार बस्ने भनिएको बैठक स्थगित भएको छ ।  प्रचण्ड स्वास्थ्यमा सामान्य खराबी देखिएपछि बैठक स्थगित भएको हो ।

बुधवार ५ बजेको लागि पार्टी  एकता संयोजनको बैठक तय गरिएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र   वैशाख ९ गते एकता घोषणा गर्ने तयारीमा रहेका छन् ।  एमालेले एकताको तयारीका लागि आउँदो वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

दूवै कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिएका थिए । दुई दलबीच चुनाव चिह्न, जनयुद्ध शब्दावली, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ