पिपुल्स फोरमको कार्यक्रममा सहभागि भएर स्वदेश फर्किए नेता नेपाल
प्रकाशित २०७४ चैत २८ बुधबार
586
Shares
काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल बुधवार स्वदेश फर्किएका छन् । सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धन : मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिई उनि स्वदेश फर्किएको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए ।
चार दिनसम्म चीन रहँदा उनले कार्यक्रमसँगै चिनियाँ उच्च अधिकारीसँग नेपालका बारेमा छलफल र सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गरेएको सचिव रिजालले बताए ।
एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा आफ्नो धारणा राखेका थिए ।