arrow

रमेश खरेलले राजीनामा दिनासाथ स्वीकृत

logo
प्रकाशित २०७४ चैत २८ बुधबार
kharel.JPG

काठमाडौं। डीआईजी रमेश खरेलको राजीनामा एकै दिनमा स्वीकृत भएको छ । प्रहरी महानिरीक्षक बढुवामा असन्तुष्टि जनाउँदै खरेलले राजीनामा दिएकै दिन गृहमन्त्रालयले राजीनामा स्वीकृत गरिदिएको हो ।

गृहसचिव प्रेमकुमार राईले खरेलको राजीनामा स्वीकृत भएको जानकारी दिए । सरकारले मंगलबारमात्रै सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक आईजीपी  बनाएपछि डीआईजी खरेल राजीनामा दिन पुगेका हुन् । सरकारले आफ्नाबारे  उचित मूल्याङ्कन गर्न नसकेको भन्दै उनले राजीनामा दिएको भनेका छन् ।

सर्वेन्द्र खनाल आईजीपी नियुक्त भएलगत्तै सहब्याची खरेलले राजीनामा दिने घोषणा गरेका थिए । प्रहरीको आईजीपी दौडमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की थिए । डीआईजी बढुवा हुँदाको कार्यसम्पादन मूल्याङ्कनमा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । खनालले ८४ दशमलव ४७३४ अंक प्राप्त गरेका थिए ।

त्यस्तै खरेल र खनालले क्रमश ८३ दशमलव ८५१० र ७८ दशमलव २३११ अंक पाएका थिए । यो पल्ट पनि अघिल्लो पल्ट जस्तै एआईजीहरुबाट आईजीपी छान्ने अवसनै जुरेन । 

डीआईजीबाटै आईजी छान्नु पर्ने अवस्था आएपछि सूचीको एक नम्बरमा रहेका खनालले बाजी मारे । डीआईजी बढुवा भएको ८ महिनापछि मात्रै नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन।

प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ । बहालवाला प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट सेवा निवृत्त भएका छन् ।

राजीनामा दिएका खरेल २०४५ साल फागुन १ गते प्रहरी सेवामा भर्ना भएका थिए । २९ वर्ष प्रहरीमा सेवा गरेका डीआईजी खरेल निडर उच्च प्रहरी अधिकारी मानिन्थे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ