arrow

जनप्रतिनिधिलाई विप्लव समूहको चेतावनी : एक हप्ताभित्र खुरुक्क राजीनामा गर्नुस्

logo
वद्री नयाँघरे,
प्रकाशित २०७४ चैत २८ बुधबार
biplab-maobadi.jpeg

रामेछाप । नौ महिना अघि निर्वाचित भएका रामेछापका ८ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष र वडा अध्यक्षहरुलाई एकहप्ता भित्र राजिनामा दिन विप्लव सुमहको नेपाल कम्युनिष्ट पार्टी अन्तर्गत  जिल्ला जनपरिषद् नेपाल रामेछापले सवै तहका प्रमुखहरुलाई वुधवार दिउँसो पत्राचार गरेको छ ।

परिषदले स्थानीय निकायको निर्वाचनपछि झन देशमा राजनितिक परिस्थिती गम्भिर संकट एवं अस्थिरता, अन्यौलता र अन्तविविरोधहरुवाट संचालन भइरहेको, जनता राष्ट्रियता, जनअधिकार र जनजिवीकाका अनेकौं जटिल समस्यावाट पिल्सीएको छ । देशको सिमा अतिक्रमण, मौलाउँदो भ्रष्टाचार कमिसन र दलाली लगाएतका गतिविधिहरु वढिरहेको निर्वाचित जनप्रतिनिधिहरु कुर्सिको लागि नै लुछाचुडी गरिरहेकाले तत्काल आफ्नो पदवाट राजिनामा गर्न सवै स्थानीय तहका प्रमुखहरुलाई निर्देशन गरेको हो ।

यता जननिर्वाचित पदाधिकारीहरुले कुनै आयश्रोत नै नभएका सोझा सिधा नागरिकलाई यो वा ऊ वहनामा कर थोपारेर लुट्न खोजेको, भ्रष्टाचार व्यापक रुपमा मौलाउँदै गएकाले यी सवै व्यथिती अन्त्य गर्नको लागि संसदलीय दलाल पूँजीवादी व्यववस्था छिटै अन्त्य गर्ने भएकाले सवै तहका जनप्रतिनिधिहरुले आफ्नो पदवाट राजिनामा दिन अनुरोध गरेको हो ।

तोकेको समय सिमा भित्र राजिनामा नदिए राष्ट्र, जनता र जनसत्ता विरोधीको रुपमा जनकार्वाही समेत गर्ने जिल्ला जनपरिषद् नेपाल रामेछापका प्रमुख क.तुफानले जानकारी दिएका छन् । उनले भने– हाम्रो पार्टीले दिएको समय सिमाभित्र राजिनामा नदिने प्रमुखहरुलाई जनकार्वाही तत्काल गर्ने भएकाले समयमा नै सवैले जनप्रतिनिधिहरुले समयमा नै आफ्नो पदवाट राजिनामा दिन आग्रह समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ