arrow

महानगरीय अपराध महाशाखामा आउँदै छन् एसएसपी धिरजप्रताप

logo
प्रकाशित २०७४ चैत २८ बुधबार
nepal-police-Fn.png.png

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी धिरजप्रताप सिंहलाई ल्याउने लगभग पक्का भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेपछि धिरजप्रतापलाई ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

अपराध महाशाखा काम देखाउने र प्रहरी अधिकारी चिनिने ठाउँ हो ।यसअघि दाङमा नयाँ प्रहरी प्रमुखकाका रुपमा काम गरेका धिरजप्रतापले राम्रै छाप छोडेका बताइँदै छ । दाङका एसपी कुवेर कडायतलाई नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडांै तानिएपछि सिंह काजमा खटिएका थिए ।

अपराध महाशाखाका प्रमुख एवं एसएसपी लोहनी त्रिभुवन विमानस्थलबाटै भित्र्याइएको ३३ किलो तस्करीको सुन प्रकरणको छानबिनमा तानिएका छन् । त्यो सुन  लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनीमाथि पनि छानबिन भइरहेको छ ।

व्यक्ति हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।  छानबिन समितिले महाशाखा प्रमुख लोहनीलाई छानविनका लागि बोलाएको छ । मंगलबार मात्रै नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरिएको छ । महानिरीक्षक नियुक्त भएका सर्वेन्द्र खनाललाई प्रहरी संगठनभित्रको वेथिति सुधार्न चुनौतीपूर्ण छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ