नवलपुरको बुलिङटारमा जिप दुर्घटना : एकको मृत्यु, १२ घाइते
सीता डोटेल,
प्रकाशित २०७४ चैत २९ बिहिबार
257
Shares
पाल्पा। नवलपरासीको सुस्ता पुर्व नवलपुरको बुलिङ्गटार गाउपालिकाको सिमार्दी भञ्ज्याङ्गमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १२ जना घाईते भएका छन ।
घाइते मध्ये २ जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घटनास्थलमा मृत्यु हुनेमा तनहुँ जिल्ला रिसिङ गाउँपालिकाका घर भएका भिम बहादुर मुक्मी (चितौरे) बुलिङटार प्रहरी चौकीका असई राजेन्द्र थापाले जानकारी दिए । बुलिङटारको हडाहाटारबाट दलदलेका लागि छुटेको जिपमा धेरै जसो यात्रु तनहुँका रहेका छन् ।
ना १ ज ५३३७ नम्बरको लेकबेसी यातायातको जिप सडकदेखि तल खसेको प्रहरीले जानकारी दिएको छ । जीपमा १३ जना यात्रु सवार थिए । बुलिङ्गटार गाउपालिका वडा नम्बर का वडा अध्यक्ष सूर्य वहादुर रानाका अनुसार पहाडी क्षेत्र भएकाले घाईतेहरुलाई अस्पतालसम्म ल्याउन समस्या भएको थियो । अहिले उनीहरुको उपचार दलदलेमा भएको छ ।