arrow

नयाँ आईजीपी खनालको चेतावनी : ‘लोभ लालचमा पर्नेहरु प्रहरीभित्र अट्दैनन्’

logo
प्रकाशित २०७४ चैत २९ बिहिबार
IGP_khanal.jpg

काठमाडौं । नव नियुक्त प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालले दज्र्यानी चिन्ह लगाएकै दिन प्रहरी अधिकारीहरुलाई सचेत गराएका छन् । निर्देशन दिँदै उनले भने, ‘कुनै लोभ लालचमा नपरी इमान्दारीताका साथ जनताको काम गर्नुस् ।’

अाैपचारिक रुपमा महानिरीक्षकको जिम्वारी सम्हालेलगत्तै प्रहरी मुख्यालयमा उच्चपदस्थ प्रहरी अधिकृतलाई डाकेर उनले यस्तो निर्देशन दिए । उनको पहिलो काम नै यही भएको छ । प्रहरी संगठनको छवि धमिलो बनाउनेहरु संगठनभित्र क्रियाशिल रहेको भन्दै खनालले अब प्रहरी संगठनमा त्यस्ता व्यक्ति अट्दैनन् भने । नैतिक आचारण र इमान्दारिता प्रहरीको प्राण भएको उनको भनाई छ ।

नव नियुक्त महानिरीक्षक खनालले गुन्डागर्दी र तस्करीविरुद्ध  प्रहरी संगठनले डटेर काम गर्ने बताए । प्रहरीको काम सुस्त भएको गुनासो बढेकाले तीब्रता दिन जरुरी रहेकोमा जोड दिँदै उनले कसैको दबाबमा परेर काम नगर्नु र नगराउनु भनेका छन् ।

मंगलबार साँझ महानिरीक्षकमा बढुवा भएका उनले वुधबारै कार्यभार सम्हालेका थिए । तर, दज्र्यानी चिन्ह भने विहिबार विहान मात्रै दिईएको थियो । उनले कुनै समय भ्रष्टारीलाई किरा परोस् भन्ने अभियानमा गएर समेत बोलेका थिए । जसकारण अब उनले प्रहरी संगठनभित्रको घुसपैठ र अनियमितता हटाउनु पर्ने चूनौती छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ