arrow

मेलम्चीको सुरुङ छेडिएको घोषणा उपराष्ट्रपतिबाट, दशैँमा अाउँछ धारामा पानी

logo
प्रकाशित २०७४ चैत २९ बिहिबार
melamchi.jpg

सिन्धुपाल्चोक । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको साढे २७ किलोमिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

तीन खण्ड मध्ये ग्याल्थुम–सिन्धु खण्डको सुरुङ खन्ने काम सकिएको औपचारिक घोषणा भने विहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले गरे । सुरुङ छेडिदा खानेपानीमन्त्री विना मगरले अवलोकन गरेकामा खन्ने काम सकिएको घोषणा गर्दै रिबन भने उपराष्ट्रपतिले काटे ।

खानेपानीमन्त्री विना मगरले आफू मन्त्री भएपछि २५ दिनमै सुरुङको काम सक्न निर्देशन दिएको पनि सुनाईन् । आयोजनाको कुल लागत २७ अरब ७६ करोड छ ।

आयोजनाको सुरुङ खन्ने काम सकिएपनि प्लास्टरको काम सक्न अझै केही महिना लाग्ने छ । तर, मूख्य काम सुरुङ खन्नु भएकाले यो सम्पन्न भएसँगै दसैँअघि नै उपत्यकामा दैनिक १७ करोड लिटर मेलम्चीको पानी आउने पक्का पक्की जस्तै भएको आयोजना प्रमुख रामचन्द्र देवकोटाले बताए ।

अब सुरुङको फिनिसिङको काममा तीन महिनामा सकिने छ, उनले भने, ‘ परीक्षणका लाग थप एक महिना लाग्ने छ ।’ मेलम्चीबाट पानी आएपनि काठमाडौं उपत्यकामा वितरण गरिएका ठाउँमा पाइप सफा गरेपछि मात्रै पीउन योग्य हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ