arrow

अमेरिका र रुस वाक्युद्धबाट हतियार युद्धतर्फ  

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
america-russia.jpg

काठमाडौं । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयलाई लिएर अमेरिका र रुसबीच वाक्युद्ध जारी छ । यो वाक्युद्ध हतियारकै युद्ध हुन सक्ने खतरासमेत औंल्याउन थालिएको छ । 

रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध नै हुनसक्ने चेतावनी दिएको छ । पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘युद्धको सम्भावनालाई नकार्न सकिँदैन ।’

उनले अमेरिका र उसका सहयोगी राष्ट्रले आफ्नो आक्रामक नीतिका कारण अन्तर्राष्ट्रिय शान्तिलाई खतरामा पारेको आरोप पनि लगाएका छन् । 

अमेरिकाले पनि यसको जवाफ तत्काल दिने बताएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको क्षेत्रमा भएको रसायनिक आक्रमणको जवाफ तत्काल दिने प्रतिक्रिया जनाएका छन् । 

उनले पत्रकार सम्मेलनमा संचारकर्मीहरुसंग भने, ‘यसलाई हाम्रो टिमले गम्भीर तरिकाले हेरिरहेको छ । यसको जवाफ फेयर्ली दिनेछौं ।’

अमेरिकाले जुनसुकै कदम चाल्न सकिने बताएर अब हतियारको सामना गर्न रुसलाई चेतावनीयुक्त धम्कीसमेत दिएको छ ।

अमेरिका, फ्रान्स र बेलायतले सिरियामा संयुक्त आक्रमणको तयारी गरेका छन् । लडाकु विमानहरु तयारी अवस्थामा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । 

अमेरिकी राष्ट्रपतिले फ्रान्स र बेलायतसंग सहकार्यका लागि छलफल गरिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ