arrow

ट्रेड युनियनको देशकै ठूलो शाखा काठमाडौंमा देवी भुसाल, को को भए निर्वाचित ?

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
trade-union.jpg

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौंको चुनावमा देवी प्रसाद भुसाल निर्वाचित भएका छन्। भुसालले अर्का प्रत्यासी भगवती फुयाँललाई पराजित गरेका हुन्। भुसालले ८२४ मत ल्याउँदा फुयाँलले ८०६ मत ल्याइन।

दुई पक्ष भएर चुनावी मैदानमा गएका उनीहरुबीच कडा प्रतिष्पर्धा भएको थियो। नेपाली कांग्रेसको राजनीतिमा भुसाल समुहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला लगायतका नेताहरुको समर्थन थियो। भगवती समुहलाई भने पार्टी सभापति शेर बहादुर देउवा तथा निकटहरुको समर्थन रहेको थियो। नेपाल ट्रेड युनियन कांग्रेसमा काठमाडौं शाखा सबैभन्दा ठूलो शाखा हो। यसले ट्रेड युनियनको केन्द्रीय राजनीतिमा पनि प्रभाव राख्दछ।

कार्यसमितिको खुल्ला उपाध्यक्षमा इश्वर प्रसाद घिमिरे ७७७ मत ल्याइ निर्वाचित हुँदा सविन कुमार पन्तले ७४७ मत ल्याएका छन्। घिमिरे फुयाँल समुहका हुन्। उपाध्यक्ष महिलामा पनि फुँयाल समुहकै तारादेवी केसीले ८२८ मत ल्याएर निर्वाचित हुँदा माया नेपालीले ७१३ मत ल्याइन। उपाध्यक्ष सेवा क्षेत्रबाट धन प्रसाद पौडेलले ७८४ मत ल्याएर निर्वाचित हुँदा सजिव श्रेष्ठले ७२१ मत ल्याए। पौडेल पनि फुयाँल समुहकै हुन्। उपाध्यक्ष उत्पादनबाट दिनेश थापा ७७० मत ल्याएर निर्वाचित हुँदा उदय बहादुर लामाले ७११ मत मात्र ल्याए। उपाध्यक्ष अनौपचारिक क्षेत्रबाट ७८७ मत ल्याएर योगेश केसी निर्वाचित हुँदा राम बहादुर भण्डारीले ७१९ मत ल्याए। केसी भने भुसाल समुहका प्रत्यासी हुन्। ५ उपाध्यक्षमा ४ फुँयाल समहुबाट निर्वाचित हुँदा १ जना भुसाल समुहबाट निर्वाचित भएका हुन्।

सचिवमा भुसाल समुहका विष्णु प्रसाद कोइराला निर्वाचित भएका छन्। सहसचिवमा फुयाँल समुहबाटै प्रल्हाद फुयाँल र राजनकुमार कार्की निर्वाचित भए। कोषाध्यक्षमा र सहकोषाध्यक्षमा भुसाल समुहबाट विमल प्रसाद तिमिल्सिना र मनिका तामाङ निर्वाचित भए।

सदस्य खुल्लामा उत्तम पौडेल, गणेश प्रसाद धिताल, गिरिराज अर्याल, धर्मसागर ढकाल फुँयाल समुहबाट निर्वाचित हुँदा भुसाल समुहबाट प्रभुदास न्यौपाने मात्र निर्वाचित भए। महिला सदस्यमा भने निरमाया तिमिल्सिना र यान्जुदेवी दाहाल भुसाल समुहबाट र गिता भट्टराई र सृजना अर्याल फुयाँल समुहबाट निर्वाचित भए।

निर्वाचनबाट भुसाल समुहले अध्यक्ष सहित कार्यकारी पदमा जीते पनि कार्यसमितिमा भने फुयाँल समुहको वहुमत आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ