arrow

सरकारले भन्यो, 'फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्दैनौ, हल्ला गर्नेलाई कार्वाही गछौं'

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
sanchar_mantralaya1.jpg

काठमाडौं ।  सरकारले  फेसबुक लगायतका सामाजिक संजालमा प्रवाह गरिएको गलत सूचनाको खण्डन गरेको छ । शुक्रवार  सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले विज्ञप्ती जारी गर्दै गलत सूचनाको खण्डन गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा 'साविक सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको लेटरप्याड , पूर्व माननीय मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुक लगायत सामाजिक संजालमा नेपाल सरकारले नयाँ बर्ष २०७५ बाट फेसबुक पूर्ण रुपमा बन्द गरेको उल्लेख गरी फेसबुक लगायतका समाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट पोष्ट गरि भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको ।' उल्लेख गरिएको छ ।  

मन्त्रालयले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिवन्ध गर्ने निर्णय पनि नगरेको जनाएको छ । गलत सूचना प्रवाह गर्ने व्यक्ति माथि कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय व्युरोमा अनुरोध गरको छ । साथै गलत भ्रामक सूचनामा विश्वास नगर्न र आफ्नो सामाजिक संजालबाट त्यस्ता गलत सूचनाहरु पोष्ट  गरेको भए हटाउन समेत मन्त्रालयका सहसचिव एवंम प्रवक्ता रामचन्द्र  ढकालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ