arrow

वैशाख ९ मा पार्टी एकता : मन्त्री महासेठ

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
Raghu_Bir_Mahaseth.jpg

महेन्द्रनगर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आउँदो वैशाख ९ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता निश्चित भइसकेको दाबी गरेका छन्।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेकपा (एमाले) नगर कमिटिले आज आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री महासेठले वैशाख ९ गते एकीकरण हुने निश्चित भइसकेको बताएका हुन्। एमालेका नेता मन्त्री महासेठले लेनिनको जयन्तीका दिन दुई एकताको लगभग तयारी पूरा भइसकेको स्पष्ट गरे।

मन्त्री महासेठले बढिमा ६ महिना भित्रै जयनगर–जनकपुर–बर्दिवास –सिमरा सम्म रेल कुद्ने बताए। मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधीन हुलाकी राजमार्ग पनि द्रुत गतिमा अघि बढिरहेको जानकारी पनि दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ