arrow

पहिला कांग्रेसीलाई सुधार गर्ने त्यसपछि राष्ट्रलाई : नेता पौडेल

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
ram-chandra-poudel1.jpg

धुलिखेल। नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्न जरुरी रहेको बताएकाछन्। भ्रेपलाञ्चोकको बनेपामा रामभक्त कोख श्रेष्ठ स्मृति सिरपाः प्रबन्ध समितिले आयोजना गरेको १६ औँ साधारणसभा तथा सम्मान कार्यक्रममा उनले राष्ट्रलाई सही दिशामा लैजानका लागि पार्टीलाई पहिला सुधार गर्न आवश्यक रहेको बताएका हुन्। कांग्रेस सुधार हुन सके मत्रै राष्ट्र सुधार हुने नेता पौडेलको भनाइ छ।

नेता पौडेलले सुधारको अभियान आफूबाट शुरुआत गर्नुपर्ने जरुरी रहेको बताउँदै यसको शुरुवात कांग्रेसबाटै गर्ने बताए। “म भन्न चाहन्छु, पहिला कांग्रेसीलाई सुधार गरेर र राष्ट्रलाई समेत सुधार गर्ने जिम्मेवारी कांग्रेसले लिनुपर्छ।”

कार्यक्रममा राजनीतिक विश्लेषक पुरुषोतम दाहाल, कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत, समितिका अध्यक्ष हरिभक्त भोछिभोयालगायतले प्रजातन्त्र स्थापनामा बनेपालीको योगदानबारे विचार व्यक्त गरेका थिए।

योद्धालाई सम्मान
कार्यक्रममा राणा शासनको अन्त्य तथा प्रजातन्त्र स्थापना गर्न योगदान पुर्याएका योद्धा ९२ वर्षीय गोपालदास बादे श्रेष्ठलाई सम्मान गरिएको छ। उनलाई नगद रु २५ हजारसहित दोसल्ला र सम्मानपत्रद्वारा वरिष्ठ नेता पौडेलले उनलाई सम्मान गरेका हुन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ