arrow

नेपाली कांग्रेस गुल्मीको ५० दिने महाअभियान २०७५ को पहिलो दिनदेखि सुरु

नयाँ पुस्ताहरुसंग नयाँ विचार र दृष्टिकोण हुन्छ त्यसको प्रमाणित कांग्रेस गुल्मीले गरेको छ : चन्द्र भण्डारी

logo
कौरव खत्री,
प्रकाशित २०७५ वैशाख १ शनिबार
avimukhikaran_(2).jpg

गुल्मी । नेपाली कांग्रेस गुल्मीको आह्वान “गाउँ जाउँ गाउँमै रमाउँ” ५० दिने महाअभियानको शुक्रवार बी.पी स्मृति भवन तम्घास, गुल्मीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको अभिमुखिकरण कार्यक्रममा नेपाली काँग्रस गुल्मीको ५० दिने महाअभियानको बारेमा गुल्मी जिल्लाका ९३ वटै वडामा खटिएका प्रतिनिधिहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले भने 'नयाँ पुस्ताहरुसंग नयाँ विचार र दृष्टिकोण हुन्छ त्यसको प्रमाणित नेपालमा नेपाली कांग्रेस गुल्मीले गरेको छ, नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्ती गर्ने लडाईमा लड्यो र नेपाली जनतालाई प्रजातन्त्र प्राप्त पनि गरिदियो, विश्वकै इतिहासमा संविधान कार्यान्वयनका लागि स्थानिय तह देखि केन्द्रिय तहसम्म नेपाली कांग्रेसले निर्वाचन गरायो त्यस्तै नेपाली कांग्रेस गुल्मीले लिएको यो महाअभियानलाई सन्देशको रुपमा आफुले केन्द्रिय समितिमा लैजान्छु।'  उनले गुल्मीको विकासका लागि नेपाली कांग्रेसको पहलमा धेरै कुराहरु भएको समेत बताए ।

अभिमुखिकरण कार्यक्रममा गुल्मी जिल्लका ९३ वटै वडामा वडा कार्य समिति रहेका पदमा पूर्ण गराउने र नेपाली कांग्रेसका सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने सभापति श्रेष्ठले बताए । साथै उनले महाअभियानमा खटिएका प्रतिनिधिहरुले त्यहाँका जनताको अवस्थाको बारेमा वुझ्नु पर्ने बताए  ।


अभिमुखिकरण कार्यक्रममा नेपाली कांग्रेस गुल्मीको ५० दिने महाअभियान ७ हप्ते कार्यक्रमलाई २ चरणमा विभाजन गरि पहिलो चरणको कार्यक्रम शनिवार सुरु हुने भएको छ। उक्त महाअभियान कार्यक्रममा सुरुको तिन हप्तामा विभिन्न कार्यक्रमहरु गरिने र सबै समग्र कार्यक्रमहरुको समिक्षा चौथो हप्ता प्रतिनिधिहरुको प्रतिवेदन सहित बी.पी. स्मृति भवन तम्घासमा हुने, पहिलो चरणको समिक्षा पश्चात दोस्रो चरणको कार्यक्रम तालिका निर्माण गर्ने पार्टी सचिव पन्थीले जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रममा ५० दिने महाअभियानमा खटिएका प्रतिनिधिहरुले हरेक क्रियाकलापसंग सिङ्गो नेपाली कांग्रेसको अस्मीता, अस्तित्व र विरासत गासिंएको हुनाले अनुशासन र नैतिकताको विशेष ध्यान राख्नुहुनेछ भन्ने कुरामा विश्वास भएको पार्टी सचिव पन्थीले जानकारी गराए ।

अभिमुखिकरण कार्यक्रममा ५० दिने महाअभियानमा नेपाली कांग्रेस गुल्मीको सङ्गठन विस्तार सुदृढीकरण एवम् सशक्तिकरणका लागि “जनतासंग नेपाली कांग्रेस” भन्ने मूल मान्यताका आधारमा पार्टीका गाउँ तह देखि जिल्ला तहका कार्यकर्ताहरुलाई सिद्धान्त नीति र विचारमा प्रशिक्षित गर्दै जनताको घरदैलोमा नेपाली कांग्रेसलाई थप उर्जाशील बनाउने प्रमुख लक्ष्य रहेको बताईएको थियो ।

त्यस्तै ५० दिने महाअभियानको प्रमूख उदेश्यहरु  नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशील बनाई सङ्गठनलाई चुस्त दुरुस्त बनाउने, लैङ्गिक, जातीय, वर्गीय विभेद तथा सामाजिक कुसंस्कार विरुद्ध जनजागरण अभिवृद्धि गर्न, ग्रामिण समस्याहरु अनुभुत गर्दै तिनको समुचित समाधानमा आवाज वुलन्द गर्न, जिल्ला देखि स्थानीय तहसम्म छाँया सरकार गठन गरी सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न, क्रियाशील सदस्यताको परिचय पत्र वितरणलाई उत्सवका रुपमा मनाउँदै कार्यकर्ताहरुमा उत्साह जगाउन तथा पार्टीलाई पुनर्जीवन दिन, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारी मार्फत कार्यकर्ताहरुलाई एकत्रित गरी संरक्षण गर्न, धर्म,संस्कृति र कलाको जगेर्ना गर्ने, आध्यात्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरुको संरक्षण सम्वद्र्धनमा  सहयोग पुर्‍याउन र सबै कार्यकर्ता तथा सदस्यहरुको रेकर्ड अद्यावधिक गर्ने रहेको बताइएको छ।

उक्त ५० दिने महाअभियान कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सम्पूर्ण पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुलाई समेत खटाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ