रारा –कर्णाली पर्यटन वर्ष २०७५ प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
प्रकाशित २०७५ वैशाख १ शनिबार
586
Shares
मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को शनिवार यहाँ एक समारोहबीच उद्घाटन गरे। सो अवसरमा उनले रारा एक पटक जानै पर्ने ठाउँ भएको बताउँदै छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बढेशकाल लागेपछि गाहे हुँदोरहेछ भने।
प्रधानमन्त्री ओलीले भने, “रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अर्गानिक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिने छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रविन्द्रप्रसाद अधिकारीले रारा र से फोक्सेण्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने र यो वर्ष विद्यार्थी भर्नाका लागि राष्ट्रिय अभियान अगाडि बढाउने धारणा व्यक्त गरे। शनिवार मात्र १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।